back
CTIZAN AD

दलित भित्रै छुवाछुत !, कुवा छोएको निहुँमा कुटपिट

वि.सं.२०७६ जेठ २५ शनिवार

852 

shares


२५, जेठ । त्यसै त नेपाली समाजमा जातीय आधारमा छुवाछुतको अवस्था छ अझ दलित भित्रै जातीय विभेद हुँदा दलित मुद्धा कमजोर बनेका हुन् । दलितभित्रै छुवाछुतको अवस्था रहँदा नै छुवाछुत विरुद्धको आन्दोलन शसक्त बन्न नसकेको हो भन्ने भनाई गलत मान्न सकिन्न । सम्पूर्ण दलित समुदाय आफूहरुमाथि भएका जातीय विभेदका विरुद्ध संगठित हुनु पर्नेमा आफू भित्रै विभेद गरिनु दुर्भाग्य हो । बैतडीको दोकडाकेदार गाउँपालिका ८ को सैनीमा यस्तै घटना भएको छ, एक दलित महिलाबाट अर्को दलित महिला कुटिएकी छन् ।

कुवाको पानी खाएको निहुँमा स्थानीय सीता पार्कीले तुलसी सार्कीमाथि कुटपिट गरेकी हुन् । त्यो पनि तुलसीले नै कुवा छोएर होइन, तुलसीको ११–१२ वर्षका छोरा नविन सार्कीले कुवा छोएको निहुमा ।

घटनाको कारण
घटना बिहिबारको हो, तर घटनाबारे शुक्रबार मात्र सार्वजनिक भएको हो । खेतमा काम गर्दै गरेको बेला तुलसीका छोरा नवीन सार्कीले नजिकै रहेको कुवाबाट पानी पिएका थिए । अघिपछि सार्की समुदायले पानी खाने कुवा नै अर्कै छ। खेतमा काम गरिरहेका बेला तिर्खा लागेपछि बच्चा कुवामा गएको तुलसीका देवर शंकर सार्कीले बताए । त्यसैलाई निहुँ बनाएर भाउजूमाथि कुटपिट भएको उनको भनाइ छ ।

उक्त वडाका वडाअध्यक्ष भक्तबहादुर विष्टसँग यसबारेमा जानकारी लिँदा कुवा छोएको भन्दा पनि कुवामा बच्चाले फोहर गरेको निहुमा कुटपिट भएको भन्ने जानकारी आफूले पाएको बताए ।

कुटपिट विरुद्ध निवेदन
एकातिर आफूमाथि अन्याय भएको छ भने अर्कोतर्फ राज्यबाट न्याय पाउँदैनन् उनीहरु । पिडित पक्षले कुटपिट र भन्दै जातीय विभेद प्रहरीमा निवेदन दर्ता गराएका गराए । शुक्रबार खोचलेक प्रहरीमा आएपछि घटना सार्वजनिक भएको हो। प्रहरीले कुटपिट भएको भन्ने निवेदन आएको बताएको छ । तर निवेदनमा तर जातीय विभेदको कुरा उल्लेख नभएको जनाएको छ।

तुलसीको पाखुरा र आँखाको नजिक चोट रहेको छ । तुलसाका देवर शंकर कार्कीका अनुसार तुलसालाई हसियाले प्रहार गरिएको छ । पाखुरा र आँखाको नजिक घाऊ भएको छ । घटना बाहिर आएपछि पीडक पक्षले पिडित तुलसाको उपचार गर्ने सहमति गरेको छ । तुलसाको उपचारका लागि धनगढीमा भैरहेको शंकरले बताए ।

सहमति मिलापत्रमा
कुटपिट र जातीय विभेद भएपनि एउटै समाजमा बस्नु पर्ने भएकाले मिलापत्र मिलापत्र गर्ने सहमति भएको शंकर कार्कीले सार्की । उनी भन्छन् ‘घटना जातीय विभेद भएको हो, तर एकै गाउँमा बस्नुपर्ने र कुटपिट गर्नेले पनि माफी मागिसकेकाले मिलापत्र गर्ने सहमति गरेका छौँ।’

“दलितबाट दलितमाथि नै कुटपिट भएको छ, वल्लो र पल्लो घरका छिमेकी हुन् । एउटै वडामा बस्ने समुदाय भएपछि उपचार गरिदिने र मिलेर जाने सहमति गर्नु राम्रो हुने सुझाव आफूले दिएको” वडाअध्यक्ष विष्टले बताए ।

 

वि.सं.२०७६ जेठ २५ शनिवार ०८:५२ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...