back

दलित भित्रै छुवाछुत !, कुवा छोएको निहुँमा कुटपिट

वि.सं.२०७६ जेठ २५ शनिवार

660 

shares


२५, जेठ । त्यसै त नेपाली समाजमा जातीय आधारमा छुवाछुतको अवस्था छ अझ दलित भित्रै जातीय विभेद हुँदा दलित मुद्धा कमजोर बनेका हुन् । दलितभित्रै छुवाछुतको अवस्था रहँदा नै छुवाछुत विरुद्धको आन्दोलन शसक्त बन्न नसकेको हो भन्ने भनाई गलत मान्न सकिन्न । सम्पूर्ण दलित समुदाय आफूहरुमाथि भएका जातीय विभेदका विरुद्ध संगठित हुनु पर्नेमा आफू भित्रै विभेद गरिनु दुर्भाग्य हो । बैतडीको दोकडाकेदार गाउँपालिका ८ को सैनीमा यस्तै घटना भएको छ, एक दलित महिलाबाट अर्को दलित महिला कुटिएकी छन् ।

कुवाको पानी खाएको निहुँमा स्थानीय सीता पार्कीले तुलसी सार्कीमाथि कुटपिट गरेकी हुन् । त्यो पनि तुलसीले नै कुवा छोएर होइन, तुलसीको ११–१२ वर्षका छोरा नविन सार्कीले कुवा छोएको निहुमा ।

घटनाको कारण
घटना बिहिबारको हो, तर घटनाबारे शुक्रबार मात्र सार्वजनिक भएको हो । खेतमा काम गर्दै गरेको बेला तुलसीका छोरा नवीन सार्कीले नजिकै रहेको कुवाबाट पानी पिएका थिए । अघिपछि सार्की समुदायले पानी खाने कुवा नै अर्कै छ। खेतमा काम गरिरहेका बेला तिर्खा लागेपछि बच्चा कुवामा गएको तुलसीका देवर शंकर सार्कीले बताए । त्यसैलाई निहुँ बनाएर भाउजूमाथि कुटपिट भएको उनको भनाइ छ ।

उक्त वडाका वडाअध्यक्ष भक्तबहादुर विष्टसँग यसबारेमा जानकारी लिँदा कुवा छोएको भन्दा पनि कुवामा बच्चाले फोहर गरेको निहुमा कुटपिट भएको भन्ने जानकारी आफूले पाएको बताए ।

कुटपिट विरुद्ध निवेदन
एकातिर आफूमाथि अन्याय भएको छ भने अर्कोतर्फ राज्यबाट न्याय पाउँदैनन् उनीहरु । पिडित पक्षले कुटपिट र भन्दै जातीय विभेद प्रहरीमा निवेदन दर्ता गराएका गराए । शुक्रबार खोचलेक प्रहरीमा आएपछि घटना सार्वजनिक भएको हो। प्रहरीले कुटपिट भएको भन्ने निवेदन आएको बताएको छ । तर निवेदनमा तर जातीय विभेदको कुरा उल्लेख नभएको जनाएको छ।

तुलसीको पाखुरा र आँखाको नजिक चोट रहेको छ । तुलसाका देवर शंकर कार्कीका अनुसार तुलसालाई हसियाले प्रहार गरिएको छ । पाखुरा र आँखाको नजिक घाऊ भएको छ । घटना बाहिर आएपछि पीडक पक्षले पिडित तुलसाको उपचार गर्ने सहमति गरेको छ । तुलसाको उपचारका लागि धनगढीमा भैरहेको शंकरले बताए ।

सहमति मिलापत्रमा
कुटपिट र जातीय विभेद भएपनि एउटै समाजमा बस्नु पर्ने भएकाले मिलापत्र मिलापत्र गर्ने सहमति भएको शंकर कार्कीले सार्की । उनी भन्छन् ‘घटना जातीय विभेद भएको हो, तर एकै गाउँमा बस्नुपर्ने र कुटपिट गर्नेले पनि माफी मागिसकेकाले मिलापत्र गर्ने सहमति गरेका छौँ।’

“दलितबाट दलितमाथि नै कुटपिट भएको छ, वल्लो र पल्लो घरका छिमेकी हुन् । एउटै वडामा बस्ने समुदाय भएपछि उपचार गरिदिने र मिलेर जाने सहमति गर्नु राम्रो हुने सुझाव आफूले दिएको” वडाअध्यक्ष विष्टले बताए ।

 

वि.सं.२०७६ जेठ २५ शनिवार ०८:५२ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी...

१० बैंकले ब्याजदर घटाए, १० ले स्थिर राखे

१० बैंकले ब्याजदर घटाए, १० ले स्थिर राखे

काठमाडौं । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले औसत ब्याजदर...