
२४ जेठ, काठमाण्डौं । मौरी पालनका विषयमा सामान्य जानकारी लिनुभएको छ र व्यवसायिक रुपमा मौरीपालन गर्ने सोच्नु भएको छ भने यो अवसरको अवस्य फाइदा लिनुहोला ।
मौरीपालन केन्द्रीय सहकारी संघको आयोजना र र मौरी क्षेत्रका सरोकारवाला निकाय सहितको सहकार्यमा काठमाण्डौंमा तीनिदने अन्तराष्ट्रिय मौरी पालन तालिम हुन लागेको हो ।
उक्त अन्तराष्ट्रिय मौरीपालन तालिम PUM Netherlands को प्राविधिक सहयोग रहेको र Mr.Frank Leenen ले तालिम दिने पनि मौरी पालन केन्द्रीय सहकारी संघका अध्यक्ष अर्जुन पोखरेलले संसारन्युजलाई जानकारी दिएका छन् ।
अध्यक्ष पोखरेलका अनुसार सहभागी हुनेले खाने र वस्ने व्यवस्था आफै गर्नुपर्नेछ भने तालिम निःशुल्क दिइनेछ ।
जेठ २७ गतेदेखि ३० सम्म काठमाण्डौंमा संचालन हुने उक्त तालिम एडभान्स लेभलको हुने पनि अध्यक्षले जानकारी दिएका छन् । ‘यसमा मौरी सम्बन्धी बेशिक जानकारी भइसकेको व्यक्तिले मात्र भाग लिन पाउनेछन् । उनका अनुसार उक्त तालिममा ३० देखि ३५ जना सहभागी रहनेछन् ।
तालिममा सहभागि हुन चाहानेले मौरीपालक किसानले निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् । ९८५१०८८४१९,९८४१७७८०८५
वि.सं.२०७६ जेठ २५ शनिवार ०८:५० मा प्रकाशित