२७ जेठ, काठमाडौँ । सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजबादी पार्टीभित्र दुई धार देखापरेको छ ।
सार्वजनिक रूपमा पार्टी अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराइले सरकार छोडेर आन्दोलनमै जाने संकेत गरिरहेका छन् । अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा छैनन् ।
भट्टराइले पार्टीले उठाएका राजनीतिक मुद्दलालाई स्थापित गराउन सडक आन्दोलनमै जानुपर्ने पक्षमा छन् । यो रस्साकसी तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच वैशाख २१ गते एकीकरण हुनु अघिकै हो । एकीकरणपूर्व भट्टराइले सरकार छोड्नुपर्ने धारणा राखेका थिए । यादव तत्काल सरकार छाड्न तयार भएनन् ।
उनले संविधान संशोधनका लागि सरकारलाई निश्चित समयसहितको अल्टिमेटम दिने र त्यति समयसम्मको संशोधन प्रक्रिया अघि नबढे मात्रै सरकार छोड्न उचित हुने भनी भट्टराईलाई सम्झाएका थिए । सोमबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ जेठ २७ सोमवार ०७:१८ मा प्रकाशित






























