back

उच्चशिक्षाका लागि पाँचलाख ऋण दिँदै भत्तफुर नगरपालिका

वि.सं.२०७६ जेठ २७ सोमवार

357 

shares
GLOBAL IME AD
NTC AD

२७ जेठ, भक्तपुर। भक्तपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न समस्या परेका विद्यार्थीलाई पाँचलाख रुपैयाँसम्म शैक्षिक ऋण दिने भएको छ । भक्तपुरले एसईईभन्दा माथिल्लो तह अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ६ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउन लागेको हो । यस्तो ऋण विद्यार्थीले अध्ययन पूरा भएको चारवर्षभित्र फिर्ता गरिसक्नुपर्नेछ ।
मेयर सुनिल प्रजापतिले आइतबार शैक्षिक ऋण वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन् । ‘गरिबीकै कारण उच्च शिक्षा पढ्न नपाउने अवस्था नबनोस् भन्ने हाम्रो ध्येय हो । गरिब, दलित र किसान परिवारलाई कार्यक्रमले लाभ मिल्छ ।’ उनले भने ।
ऋण लिन चाहाने विद्यार्थी नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्छ एसईई भन्दा माथिल्लो जुनसुकै तह अध्ययनका लागि ऋण लिन सकिन्छ । ऋण लिएर विद्यार्थीले सरकारले अनुमति दिएको शैक्षिक संस्थामा अध्ययन गर्न पाउँछन् । जेहेन्दार र विपन्न विद्यार्थीले वडा कार्यालयमा आवेदन दिएपछि आवेदकको अवस्था हेरेर वडाअध्यक्षले नगरपालिकालाई सिफारीस गर्नेछन् । सोमबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ २७ सोमवार ०७:२५ मा प्रकाशित

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

काठमाडौं । भक्तपुर एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको...

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

कमलकुमार बस्नेत र राजेन्द्र विष्ट,देहरादुन (भारत) । “आउनुहोस्, भाँडा र...

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

सिरहा । यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय...

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

वीरगञ्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...