back
CTIZAN AD

ठेकेदारलाई नियमन गर्ने व्यवस्था नै खारेज, मुद्दा लागे पनि ठेक्का पाउने

वि.सं.२०७६ जेठ २९ बुधवार

1.2K 

shares

२९ जेठ, काठमाडौँ । सरकारले निर्णय गरेर राजपत्रमा प्रकाशन भइसकेको सार्वजनिक खरिद नियमावली ठेकेदारको दबाबमा एक महिना नपुग्दै संशोधन भएको छ ।

भष्टाचार अभियोग लागेका ठेकेदारले ठेकका प्रक्रियामा सहभागी नै हुन नपाउने गरी ३० वैशाखमा नियमावलीको छैटौं संशोधन भएकोमा सातौं संशोधनले पुनः खारेज गरिदिएको छ ।

छैटौं संशोधनविरुद्घ निर्माण व्यवसायी आन्दोलित भएपछि २३ जेठमा सरकारले नियमावलीको सातौं संशोधन गरी राजपत्रमा प्रकाशन गरेको हो ।

छैटौं संशोधनले भष्टाचार अभियोगमा मुद्दा दायर भएकामा बोलपत्रदाता, सिलबन्दी दरभाउपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा व्यक्ति, फम, संस्था वा कम्पनीले खरिद प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरेको थियो । सातौं संशोधनले यो व्यवस्था खारेज गरेको छ । बुधबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ २९ बुधवार ०७:५३ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...