
लालबहादुर कुँवर,रजिस्टार सर्बोच्च अदालत
“सोचे जस्तो हुन्न जीवन देखे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ जीवन”– ठ्याक्कै यहि लोकप्रिय गीतसँग मेल खान्छ सर्बोच्च अदालतका रजिष्टार लालबहादुर कुँवरको जीवनले पनि । सधैं मान्छेले सोचे जस्तो कहाँ हुन्छ र जीवन ! हो कुँवरको बाटोले पनि सोचेको यात्रा तय गर्न सकेन ।
कुँवर सोचे कै बाटो नहिंडेको भए कसरी पुगे त सर्बोच्च अदालतको रजिष्टार जस्तो गरिमामय पदसम्म ? तपाईंलाई अनौठो लगिरहेको होला । हो, कुँवरको पहिलो रोजाई निजामति सेवा थिएन । उनको पहिलो रोजाई जङ्गि सेवा थियो ।
गाउँमा भएका अग्रजहरु जो भारतीय सेनामा थिए, उनीहरुको चहलपहल कुँवरमा पर्नु कुनै अनौठो पनि थिएन । त्यसमाथि आफ्नै दाजु भारतीय सेनामा रहेको प्रभाब पनि कुँवरमा पर्याे । सायद त्यसैले होला २०४५ सालमा एस.एल.सी पास गरेसँगै कुँवर काठमाडौ आए ।
सैनिक मञ्चको बाटो भएर हिंड्दा पनि उनलाई बर्दिले खुब लोभ्याउँथ्यो । तर ‘मैले ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ भने जस्तै कुँवरले जङ्गि सेवा प्रवेशको सोच बनाएदेखि नै सैन्य जागिर नै अह्वान हुन छाड्यो । २०४६ सालमा आन्दोलन भयो । व्यवस्था परिवर्तन भयो । संविधान परिवर्तन भयो । संक्रमण सुरु भयो । लामो समय सम्म सेना र प्रहरीमा दर्खास्त नै आह्वन भएन ।
२०५१ सालमा एकै पटक निजामति सेवामा दरखास्त खुल्यो । कुँवरले खासै पढेका थिएनन् । तयारी कमजोर थियो । तर साथी सङगतीका कारण फर्म भरे । साथीहरु टुप्पी बाँधेर पढ्न थाले । यता कुँवर भने पढाइ र लेखाइलाई अरु भन्दा कसरी फरक र रचनात्मक बनाउने भन्ने सोच्न थाले । रचनात्मक र पृथक लेखाइले नै होला धेरै प्रतिष्पर्धिहरुलाई पछि पार्दै २०५१ सालमा नायब सुब्बाबाट निजामति सेवा प्रवेश गरे कुँवर । यहिबाटै छुट्टियो वास्तविकता र सपनाको बाटो । जङगी सेवाको सपनामा विराम लाग्दै कुँवरको बाटो सोझियो निजामति सेवातर्फ ।
सोहि सेवामै ०५५ सालमा कुँवर गजेटेड अफिसर बने खुला प्रतिश्पर्धाबाटै । कुँवरले कहिल्यै आन्तरिक प्रमोसनको बाटो कुरेर बसेनन् । राजपत्रअनङ्कित प्रथम श्रेणी देखि राजपत्राङ्कित प्रथम श्रेणीसम्म खुल्ला प्रतिश्पर्धाबाटै अब्बल बने कुँवर ।
कुँवरको सफलताको शुत्र
विद्यालयस्तरदेखिनै कुँवरमा एउटा विशेष गुण थियो । त्यो हो, रचनात्मकता । उनी अरुले जस्तै कहिल्यै घोटिएर पढेनन् । बरु पढाई लेखाईलाई बढि रचनात्मक बनाउने प्रयास गरिरहेँ । कुँवर भन्छन्, ‘मैले विशेष तरिकाले पढे । लेखाईलाई अरुको भन्दा फरक र रचनात्मक बनाएँ ।’ सायद यहि नै होला कुवँरको सफलताको शुत्र ।
यसबाहेक कुँवरसँग अर्को क्षमता पनि छ । त्यो क्षमता हो निरन्तरता । जीवनमा लोकसेवाको जाँच दिँदा कुँवर एकपटक मात्रै असफल भए । त्यो पनि एलएलएमको फाइनल परीक्षा र लोकसेवाको उपसचिवको परीक्षा जुधेकोले । कुँवर भन्छन्, – सफल हुनु र असफल हुनु जीवनका महत्वपूर्ण पाटा र भोगाइ हुन् । यसकारण असफलताबाट आत्तिने र सफलतामा मात्तिनु हुँदैन् ।’ निरन्तर लागौ, सफलता तपाईलाई पछ्याउँदै आइहाल्छ ।
यसबाहेक उनको अर्को सुझाव पनि छ– ‘राष्ट्रिय र अन्तराष्ट्रिय घटनालाई बर्गिकृत गर्नुहोस् र समसामयिक घटनाका प्रमाणित स्रोतलाई मात्रै आधार बनाउनुहोस् ।’
समसामयिक महत्वका विषयलाई राष्ट्रिय, अन्तराष्ट्रिय, आर्थिक, सामाजिक, विज्ञान प्रविधि र खेलकुद जस्ता विषयलाई वर्गिकरण गरेर पढ्नुहोस् ।
सुब्बादेखि सचिव सम्म
०४५ सालमा एसएलसी द्धितीय श्रेणीमा उत्र्तिण भएपछि जङ्गी सेवाको आकांक्षा मनभरी पालेर हिँडेका कुँवर अहिले निजामति सेवाको सर्वोच्च तहमा पुगेका छन् । खाइलाग्दो जिउ करीब ६ फिटको उचाइ भएका कुँवर जङ्गी सेवा प्रवेश गरेका भए उनी अहिले कहाँ हुन्थे ? उनी आफैपनि अनुमान गर्न सक्तैनन् । खाली यति भन्छन्–‘निष्ठापूर्वक काममा लाग्ने आफ्नो बानी भएका कारण जहाँ भएपनि आफ्नो पहिचान अवस्य बनाउने हो ।’
सायद यहि निष्ठाकै कारण होला खुल्ला प्रतिश्पर्धाबाट ०५१ मा नासु भएर सेवा प्रवेश गरेका कुँवर अहिले सर्वोच्च अदालतको रजिष्टार छन् । ०५५ मा साखा अधिकृत, ०६५ मा उपसचिव र ०६७ मा सहसचिव बन्दा कुँवरले कहिल्यै आ.प्र. को बाटो रोजेनन् । कुँवर गत माघदेखि सर्वोच्च अदालतको रजिस्टार छन ।
पढ्ने कसरी ?
हामी कुँवरको कार्यकक्षमा पुग्दा कुँवर बैठकमा थिए । बैठक सकाएर जिल्ला अदालत काठमाण्डौंको फैसला कार्यान्वयन इकाइको बैठकमा भागलिन जाने चटारोमा थिए कुँवर । यसका बाबजुद पनि हतारमै कुँवरले हामीलाई समय दिए । यति समयमा हामीले सोध्यौं, सरकारी सेवा प्रवेश गर्ने चाहना राख्ने उम्मेदवारले कसरी पढ्ने भनेर । जवाफमा उनले भने– लोकसेवा आयोगको विभिन्न तहको परीक्षामा सामान्य अध्ययन विषय अन्तर्गत समसामयिक विषयको महत्वपूर्ण भूमिका हुने भएकाले समसामयिक विषयमा अपडेट हुनु अनिवार्य हुन्छ ।
यसबाहेक उनको अर्को सुझाव पनि छ– ‘राष्ट्रिय र अन्तराष्ट्रिय घटनालाई बर्गिकृत गर्नुहोस् र समसामयिक घटनाका प्रमाणित स्रोतलाई मात्रै आधार बनाउनुहोस् ।’
समसामयिक महत्वका विषयलाई राष्ट्रिय, अन्तराष्ट्रिय, आर्थिक, सामाजिक, विज्ञान प्रविधि र खेलकुद जस्ता विषयलाई वर्गिकरण गरेर पढ्नुहोस् ।
उत्तर लेख्दा ध्यान दिनुहोस्
लिखित परीक्षाको तयारी तपाईको पढाईको तयारीसँगै भएको राम्रो भन्छन् कुँवर । तपाईको लेखाईमा नविनता, र्सिजनसीलता र परिपक्वताको आभास जाचकिले पाओस् कुवरको सल्लाह छ । लेख्दा सधै उल्टो पिरामिडको शैलीमा उत्तर दिनुपर्ने कुँवरको सुझाव छ । समस्याको पहिचान, समाधानका उपाय र निष्कर्ष सहितको उत्तरलाई कुँवरले अव्वल उत्तर मानेका छन् ।
कुँवर भन्छन्–‘परीक्षा भनेको तपाईलाई उपलब्ध हुने सूचना, तपाईमा अन्र्तनिहित सिर्जनशीलता र समयको व्यवस्थापन गर्ने कौसलताको परीक्षण हो । प्रश्नको अंकभार त्यसले माग गर्ने समय र उत्तरको आकार व्यवस्थापन गर्न सके, सफलता धेरै नजिक आउँछ ।’
यस्तै लेखाईमा अनुच्छेद वा बुँदागत दुवै किसिमले लेख्न सकिने कुँवरको अनुभव छ । उनी भन्छन्–‘बुँदामा लेखिएको विषयको थप विश्लेषण गर्नुहोस् । अनुच्छेदमा लेख्दा कलात्मक र आकर्षक तरिकाले प्रस्तुत गर्नुहोस् ।’
वि.सं.२०७६ जेठ २९ बुधवार ०७:४१ मा प्रकाशित
























