back
CTIZAN AD

सामाजिक सुरक्षा बढाउन कर वृद्धि हुनुपर्छ : उपप्रधानमन्त्री महरा

वि.सं.२०७३ मंसिर १ बुधवार

765 

shares

१ मङ्सिर, काठमाडौँ । उपप्रधानमन्त्री एवव् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा सेवा वृद्धि गर्न करको दायरा र परिमाण बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

पाँचौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री महराले सबैले कर तिरे राजस्व वृद्धि हुने र राजस्व वृद्धि भएपछि त्यसको प्रतिफल जनताले पाउने बताउनुभयो ।

कर प्रशासनका कर्मचारीलाई इमान्दारी र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “करलाई प्रभावकारी र सहज बनाउन सरकारले काम गरिरहेको छ ।”

राजस्व सचिव राजन खनालले सरकारले जनतासँग कर लिएपछि सेवा र सुविधा दिनुपर्छ भन्दै यसबाट मुलुकको उन्नति हुने उल्लेख गर्नुभयो । उहाँले आमजनतासँग लिएको कर तिनकै हितका लागि विकास कार्यमा उपयोग भए मात्र त्यसले सार्थकता पाउने धारणा व्यक्त गर्नुभयो ।

विभागका महानिर्देशक चूडामणि शर्माले राज्यको कर प्रणालीसम्बन्धी नीतिमा करका दरलाई सङ्ख्यात्मक र रकमका हिसाबले घटाउने र दायरा विस्तार गर्दै लैजाने योजना रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले करप्रशासन र करदाताबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताउँदै करसम्बन्धी कानुन परिमार्जनको आवश्यकता आँैल्याउनुभयो ।

उत्कृष्ट करदाता सिप्रदी टे«डिङका तर्फबाट शम्भु दाहालले सबै जनताले राष्ट्रप्रति आफ्नो दायित्व निर्वाह गर्नुपर्ने धारणा व्यक्तगर्नुभयो । कर दिवस यस साताभर विभिन्न कार्यक्रम गरी मनाइने विभागले जनाएको छ ।

उत्कृष्ट १५ करदाता पुरस्कृत

विभागले विभिन्न विधाका १५ उत्कृष्ट करदातालाई पुरस्कृत गरेको छ । सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाता सूर्य नेपाल प्रालि, निर्यात कम्पनीका तर्फबाट बढी कर तिर्ने डाबर नेपाल, बढी कर तिर्ने विशेष उद्योग युनिलिभर नेपाल र पशुपक्षीजन्य उद्योगका तर्फबाट ओम सावर फिड इन्डस्ट्रिज पुुरस्कृत भएका छन् ।

त्यस्तै बढी कर तिर्ने सहकारी मध्येबाट राष्ट्रिय सहकारी बैंक लिमिटेड, लघुवित्त कम्पनीका तर्फबाट छिमेक लघुवित्त कम्पनी, बैंक वित्तीय संस्थाका तर्फबाट नबिल बैंक, बीमा व्यवसायबाट लाइफ इन्सुरेन्स कर्पोरेसन, विप्रेषण कम्पनीका तर्फबाट आएमई लिमिटेडलाई बढी कर तिर्ने संस्थाका रुपमा पुरस्कृत भए ।

पर्यटन व्यवसायमध्येबाट तारा गाउँ रिजेन्सी होटल, व्यापार व्यवसायका तर्फबाट सिप्रदी ट्रेडिङ लिमिटेड, साना करदातामध्येबाट सिवेक अस्पताल प्रालि, व्यक्तिगतमध्येबाट सिद्धार्थशम्शेर जबरा र कर कार्यालयमा दर्ता भएपछि हालसम्म सबैभन्दा कर तिर्ने नेपाल दूरसञ्चार कम्पनी पनि पुरस्कृत भएका थिए ।

वि.सं.२०७३ मंसिर १ बुधवार ०९:०५ मा प्रकाशित

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...