
गीत गजल बर्गका हित सम्झेर लेख
दिन दुःखीको कुरालाई समेटेर लेख
गरी खानेको पीडा र छ मर्मको कुरा
सब्द–शब्दले अभिभारा बोकेर लेख
तिमी इमानी पाइलामा हिड्दै जाउ
बर्ग संघर्षलाई अब जोडेर लेख
क्यै नगरे कसैमा नि हुन्न निखारता
तिखो कलमबाट तिमी न्याय तोलेर लेख
तिमी इमानी पाइलामा हिड्दै जाउ
बर्ग संघर्षलाई अब जोडेर लेख
गर्छौ उद्धार मानिसको हामीले भन्दै
हृदयको दु :ख भित्र तिमी दुखेर लेख
वि.सं.२०७६ जेठ ३२ शनिवार ११:४५ मा प्रकाशित






























