
नेपालको मध्यभागमा पर्ने जिल्ला तनहुँमा जन्मिएर अमेरिकालाई आफ्नो कार्यक्षेत्र बनाएका डा. दुर्गादत्त पौडेल नेपालको विकासलाई तुलनात्मक रुपमा फरक कोणबाट बुझ्ने व्यक्तित्व मानिन्छन् । अमेरिकाको लुसियाना युनिभर्सिटीमा प्राध्यापन गर्ने डा. पौडेलले नेपालको विकास मोडेलबारे के सोच्दा हुन् ? देशको सम्बृद्घि र जनताको जीवनस्तर बारे यी प्राध्यापकका कस्ता योजना होलान् ? हामी यीनै विषयमा केन्द्रित भएर डा. पौडेलसँगँ गफिएका छौँ । उनीसँग गरिएको यहि गफगाफको सम्पादित अशं यहाँ प्रस्तुत छ –
लामोसमय देखि अमेरिकामा रहनुभएको छ, अमेरिकामा रहँदा नेपाललाई कत्तिको मिस गर्नुहुन्छ ?
तन त्यता भएपनि मन त यतै हँुदोरहेछ । जीवनका महत्वपूर्ण दिन यतै बिते । त्यो बालापन, त्यो युुवा अवस्था यतै बितेकाले होला सपना पनि तनहुँकै पखेराहरुमा कुँदेको, खोलामै पौडी खेलेको मात्रै देखिन्छ । साच्चै मिस गरिरहन्छु नेपाललाई ।
जुन देशलाई तपाई यति मिस गर्नुहुन्छ, त्यसको बिकास र उन्नतीका योजना पनि बुन्नु हुन्छ होला नि ?
साँच्चै, महादेव र बुद्धको तपोभूमी नेपाललाई दुनियाको सर्वाेकृष्ट देश बनाउन सकिन्छ भन्ने योजना मसँग छ । यसको महत्वपूर्ण कडी ‘अष्ट ज’ हो । जल, जमिन,जङ्गल ,जनसक्ती, जराजुरी, जडिबुटी, जलवायु र जनावर जस्ता आँठ वटा ज को विकास गर्न सके यो देश समृद्दिको चुचुरोमा पुग्न धेरै समयनै लाग्दैन । कला ,संस्कृती र प्रकृतिको यो अनुपम देन नै यो देशको सर्वाेकृष्ट सवल पक्ष हो ।
‘अष्ट ज ’ को कल्पना कहाँबाट आयो ?
सायद २०६५ तिर होला डा. बाबुराम भट्टराइले विविसी साझा सवालमा ५ वटा ज को विषय उठाउनुभयो । भट्टराइको त्यो भनाइले मेरो दिमागमा राम्रै स्टाइक गर्याे । डा. भट्टराइले जनाबर, जराजुरी र जलवायुलाई छुटाउनु भएको थियो । मैले डा. भट्टराइका ५ वटा र मेरा ३ वटा ज थपेर ‘अष्ट ज’ बनाए । अनि हामीहरुले यसलाई एउटा अभियाननै बनायौँ । यो अभियान जीवनलाई माटोसँग जोड्ने अभियान हो माटोबाटै सम्वृद्घि प्राप्त गर्ने अभियान हो ।
यो आठको संयोजन कस्तो रहन्छ ?
हेर्नुहोस हाम्रो पुर्वीय दर्शनमा आठको ‘कम्वीनेसन’ गजवको छ । अष्ट वसु, अष्ट मातृका, अष्ट चिरन्जीवि हाम्रो संस्कृतीका मापक मानिन्छन् । यस्तै चिनियाहरुले पनि आठको संयोगलाई खुब महत्व दिन्छन् । चीनमा सम्पन ओलम्पिकमा ८ को खुब संयोग परेको छ । सन् २००८ मा आयोजना गरिएको ओलम्पिक ८ महिनाको ८ गतेबाट सुरु भएको थियो । यस्तै जापानमा पनि आठलाई असाध्यै शुुभ मानिन्छ । यहुदीहरुले त आठौ दिनलाई विशेष तिहार मानेर दीपावली गर्ने गर्दछन् ।
यो आठको संयोगलाई नेपालको विकाससँग कसरी जोड्न सकिन्छ ?
हो यो कुरा चुनौतीपूर्ण छ । यसका लागि हाम्रो ‘माइन्ड सेट’ बदल्नु अनिवार्य छ । यो देश सतिले सरापेको देश होइन अष्ट ज को आर्शीवाद पाएको देश हो । जमिनमा बिऊ खसे आँफै फल दिने माटो र जलवायु भएको देश हो ।
यस्तो देशको विकासका लागि मैले ४ वटा ड्राइभर आबश्यक ठानेको छु । पहिलो ड्राइभर कृर्षि हो । यसलाई साना किसानसँग जोड्नु आबश्यक छ । हाम्रो भुगोलमा किसानले खेती गरेको छ, पशुपन्छी पालेको छ, फलफूल लगाएको छ । यसैवाट ऊ आत्मनिर्भर भएको छ । यसलाई निर्वाहमुखी कृर्षि भनेर राज्यले कृर्षिलाई नै हेला गरेको छ । दोस्रो अनुदान हो । कृर्षीमा ‘हरेक हाउस होल्ड’ ले अनुदान पाउनुपर्छ ।
बिचौलियाहरुलाई गलत तरिकाले प्रस्तुत गर्नु हुदैन उनीहरुले त मार्केटिङ गरिरहेका छन् । तेस्रो गरिब लक्षित बजार रणनीति हो । राज्यले हरेक किसानले उत्पादन गरेको सबै उत्पादन बिक्री गरिदिने व्यवस्था गनृुपर्छ । चोथौ ड्राइभर पुर्वाधार विकास हो । पूर्वाधार नै सम्बृद्घिको आधार हो ।
पूर्वधार कसरी र कसले बनाउने ?
पूर्वाधारमा राज्य लाग्नुपर्छ । बजारीकरणमा निजी क्षेत्रलाई अगाडि बढाउनुपर्छ ।
हाम्रा पूर्वाधार निर्माण गर्दा नीति, रणनीति, सन्धी र .सहमति अनुकूल हुनेगरी निर्माण गर्नुपर्छ । म त नेपाल निर्माण गर्ने हो भने पूर्वाधार विकासमा सेनालाई लगाउनुपर्छ भन्छु । नेपाली सेनामा सेनाको कोर इञ्जिनीयरिङ टिम बनाउनुपर्छ । सेनामा कम्तिमा ३० हजार इञ्जिनीयर , ३० हजार चिकित्सक आबश्यक हुन्छ ।
सेनाको कोर इञ्जिनीयर टिम पूर्वाधारमा लाग्छ, चिकित्सक टिम स्वाथ्यमा । यति गर्न सके देशले छिट्टै काँचुली फेर्न सक्छ । समग्र सेना ३ लाख भन्दा माथी हुनुपर्छ ।
राष्ट्रिय सुरक्षाका लागि सेनाको इञ्जिनीयर र चिकित्सक कमाण्ड आबश्यक छ । जसले गर्दा देशको भुगोल, खानी र जनताको सुरक्षालाई व्यवस्थित गर्न सकिन्छ ।
यति गरे नेपाल समृद्द बन्ला ?
अवश्य हामीले अष्ट ज को विकास मोडेल र विकासमा सेनालाई जोड्यौ भने २० वर्षमा १५ हजार डलर प्रतिव्यक्ति आम्दानी गराउन सकिन्छ । काठमाडौँ पोखरा २ घण्टामा पुग्ने सडक बनाउन सकिन्छ । मान्छेहरु अहिले सेना घटाउनु पर्छ भनिरहेका छन तपाई भने सेना बडाउने कुरा
मान्छेहरु अहिले सेना घटाउनु पर्छ भनिरहेका छन तपाई भने सेना बडाउने कुरा गर्नुहुन्छ , के यो सम्भव छ ?
सेना घटाउने तर्क अबुझहरुको तर्क हो । केहि मान्छेहरु त सेनालाइ बिकासमा पनि लगाउन नहुने भन्छन् । हामी यस्ता कुतर्कका पछि लाग्नु हुदैन । अमेरीकी सेना त देश बिकासका लागि आधारभूत संरचना निर्माणमा लागिरहेको छ । हाम्रो सेनापनि यस्तो काममा लाग्नु अनिवार्य छ । हाम्रो सेना कम्तीमा ३ लाख माथि रहनै पर्छ । यसलाइ निरन्तर बिकासमा लगायौ भने देशले मुहार फेर्ने निश्चित छ ।
वि.सं.२०७६ असार १ आइतवार ०८:१४ मा प्रकाशित