१ असार काठमाडौँ । सातैवटा प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले शुक्रबार १९ नायब प्रहरी महानीरिक्षक (डिआइजी) को सरुवा गर्दे विभिन्न कार्यालयका प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
गृह मन्त्रालयले प्रदेश १ मा डिआइजी ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युन्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, प्रदेश ५ मा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदुरपश्चिममा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखका रुपमा सरुवा छ । प्रदेश २, ५, कर्णाली र र सुदूरपश्चिममा एकवर्ष अवधि नपुगी डिआइजीको सरुवा भएको छ । आइतबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ असार १ आइतवार ०८:२२ मा प्रकाशित




























