
१ असार, बेल्जियम । युरोपेली बजारमा नेपाली गलैंचाको माग अत्याधिक रहेको पाइएको छ । खासगरी म्यानमार आयात हुने गलैँचामा युरोपेली युनियन (ईयू) ले प्रतिबन्ध लगाएपछि युरोपमा नेपाली गलैँचाको माग बढेको हो ।
रोहिंग्या समुदायमाथि दमन गरेको भन्दै युरोपेली युनियनले म्यानमारबाट आयात हुने गलैंचामा प्रतिबन्ध लगाएको छ । म्यानमारका रोहिंग्या समुदाय बंगलादेशमा शरणार्थीका रुपमा बसेका छन् । म्यानमार सरकारले रोहिंग्यामाथि दमन गरेर मानवअधिकारको व्यापक उल्लंघन गरेको भन्दै गलैंचालगायतका वस्तुको आयातमा ईयुले रोक लगाएको हो ।
युरोपमा म्यानमारबाट ठुलो परिणामको गलैंचा आयात हुँदे आएको थियो । प्रतिबन्धपछि नेपाली गलैंचाको माग बढे पनि नेपालबाट निर्यात बढाउने काम नभएको गैरआवासीय नेपाली संघ( एनआरएन) युरोपका संयोजक शिवकुमार बरुवालले बताए । आइतबारको कारोबार दैनिकबाट
वि.सं.२०७६ असार १ आइतवार ०८:३७ मा प्रकाशित