back

विद्युत चुहिएर पाँच पसलमा आगलागी

वि.सं.२०७६ असार २ सोमवार

405 

shares
GLOBAL IME AD
NTC AD

२ असार, काठमाडौँ । टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत चुहिएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत चुहिएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो ।महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले ९ बजेदेखि शुरु भएको आगलागी १०.१५ बजे नियन्त्रणमा लिएको जानकारी दिए ।“नेपाल प्रहरी, सशस्त्र प्रहरी, तीन दमकल र दुई पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिएका हौँ”, उनले भने । आगलागीबाट रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु
धापासीको नेचर क्लबमा पौडी खेल्ने क्रममा एकको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे पौडी खेल्ने क्रममा अन्दाजी २८ वर्षीय नाम नखुलेका एकको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रसाईंले पौडी खेल्ने क्रममा बेहोस भएका उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

वि.सं.२०७६ असार २ सोमवार ०९:१३ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...