back

उपत्यकाका थप सात क्लिनिकमा तालाबन्दी

वि.सं.२०७३ मंसिर २ बिहीवार

435 

shares
IME Limited
NTC AD

१ मङ्सिर, काठमाडौँ। स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले आज राजधानीमा थप सात वटा क्लिनिकमा तालाबन्दी गरेको छ ।

दर्ता नै नभई सञ्चालन भइरहेका र दर्ता भएर पनि नवीकरण नभएका क्लिनिकलाई अनुगमन टोलीले तालाबन्दी गरिदिएको हो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाको विशेष चासोमा काठमाडाँै र ललितपुरमा खटिएको अनुगमन टोलीले यसअघि दुई दिन गरेको अनुगमनका क्रममा अन्य १३ वटामा तालाबन्दी गरिसकेको छ ।

व्यवस्थापन महाशाखाका उप–स्वास्थ्य प्रशासक डा रामराज पन्थीको नेतृत्वमा रहेको काठमाडाँैमा खटिएको टोलीले आजमात्रै छ वटामा तालाबन्दी गरिदिएको छ भने दुई वटालाई चौबिस घन्टे पुर्जी दिएको छ । चौबिस घन्टाभित्रमा आवश्यक प्रक्रिया पूरा नभएमा तिनीहरुमा पनि तालाबन्दी गरिने डा पन्थीले जानकारी दिनुभयो ।

तालाबन्दी हुनेमा काठमाडौँ बालाजुका नेपाल जनस्वास्थ्य केन्द्र, नागार्जुन डेन्टल क्लिनिक, अल्का डेन्टल होम, ओशो आशिक डेन्टल क्लिनिक, ओम प्राकृतिक डेन्टल क्लिनिक र वाइपास पोलिक्लिनिक रहेका छन् ।

त्यसैगरी बालाजुकै नोवेल डेन्टल होम र सम्राट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टरलाई चौबिसघन्टे पुर्जी दिएको डा पन्थीले बताउनुभयो । अनुगमन गरेकामध्ये अधिकांश डेन्टल क्लिनिक अवैध तारिकाले सञ्चालन भइरहेको पाइएको छ । रासस

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:४४ मा प्रकाशित

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको...

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा कार्यबाहक मेडिकल सुपरिडेन्टेन्ट डा. केशव...

मौसम परिवर्तनसँगै गर्मी बढेपछि अस्पतालमा बिरामीको चाप

मौसम परिवर्तनसँगै गर्मी बढेपछि अस्पतालमा बिरामीको चाप

तनहुँ । मौसम परिवर्तनसँगै गर्मी बढेपछि यतिबेला जिल्लाको सदरमुकामस्थित दमौली...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा...

सडक सञ्जालमा जोडियो ढोरपाटन

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग)...

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग...