back
CTIZAN AD

उपत्यकाका थप सात क्लिनिकमा तालाबन्दी

वि.सं.२०७३ मंसिर २ बिहीवार

870 

shares

१ मङ्सिर, काठमाडौँ। स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले आज राजधानीमा थप सात वटा क्लिनिकमा तालाबन्दी गरेको छ ।

दर्ता नै नभई सञ्चालन भइरहेका र दर्ता भएर पनि नवीकरण नभएका क्लिनिकलाई अनुगमन टोलीले तालाबन्दी गरिदिएको हो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाको विशेष चासोमा काठमाडाँै र ललितपुरमा खटिएको अनुगमन टोलीले यसअघि दुई दिन गरेको अनुगमनका क्रममा अन्य १३ वटामा तालाबन्दी गरिसकेको छ ।

व्यवस्थापन महाशाखाका उप–स्वास्थ्य प्रशासक डा रामराज पन्थीको नेतृत्वमा रहेको काठमाडाँैमा खटिएको टोलीले आजमात्रै छ वटामा तालाबन्दी गरिदिएको छ भने दुई वटालाई चौबिस घन्टे पुर्जी दिएको छ । चौबिस घन्टाभित्रमा आवश्यक प्रक्रिया पूरा नभएमा तिनीहरुमा पनि तालाबन्दी गरिने डा पन्थीले जानकारी दिनुभयो ।

तालाबन्दी हुनेमा काठमाडौँ बालाजुका नेपाल जनस्वास्थ्य केन्द्र, नागार्जुन डेन्टल क्लिनिक, अल्का डेन्टल होम, ओशो आशिक डेन्टल क्लिनिक, ओम प्राकृतिक डेन्टल क्लिनिक र वाइपास पोलिक्लिनिक रहेका छन् ।

त्यसैगरी बालाजुकै नोवेल डेन्टल होम र सम्राट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टरलाई चौबिसघन्टे पुर्जी दिएको डा पन्थीले बताउनुभयो । अनुगमन गरेकामध्ये अधिकांश डेन्टल क्लिनिक अवैध तारिकाले सञ्चालन भइरहेको पाइएको छ । रासस

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:४४ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...