back
CTIZAN AD

नेपाललाई हिन्दु राष्ट्र बनाउन दुई राप्रपा मिल्दै

वि.सं.२०७३ मंसिर २ बिहीवार

852 

shares

भक्तपुर २  मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डासहित दुई राप्रपाबीच एकीकरण हुने बताउनुभएको छ ।

भक्तपुरमा हिजो सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरणको एजेण्डामा सहमति भइसकेको बताउनुभयो ।

दुई राप्रपाबीच अब केही दिनमै पार्टी एकीकरण हुने बताउँदै उहाँले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डामा दुवै दल सहमत भएको उल्लेख गर्नु भयो ।

अध्यक्ष राणाले पार्टी एकीकरणसँगै पदीय बाँडफाँडसमेत मिलिसकेको दाबी गर्दै भन्नुभयो–‘पार्टी एकीकरणपछि म पार्टी निर्देशन समितिको राष्ट्रिय अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी अध्यक्ष हुने गरी सहमति भएको छ ।’

अध्यक्ष राणाले सरकारले तत्कालै पुरानै संरचनाअनुरुप स्थानीय निकायको निर्वाचन गरेर मात्रै राज्यको पुर्नसंरचनामा लाग्नुपर्ने बताउँदै हतारमा राज्य पुनःसंरचना गरे पछुताउनुपर्ने तर्क राख्नुभयो । रासस

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:४२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...