Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाललाई हिन्दु राष्ट्र बनाउन दुई राप्रपा मिल्दै



भक्तपुर २  मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डासहित दुई राप्रपाबीच एकीकरण हुने बताउनुभएको छ ।

भक्तपुरमा हिजो सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरणको एजेण्डामा सहमति भइसकेको बताउनुभयो ।

दुई राप्रपाबीच अब केही दिनमै पार्टी एकीकरण हुने बताउँदै उहाँले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डामा दुवै दल सहमत भएको उल्लेख गर्नु भयो ।

अध्यक्ष राणाले पार्टी एकीकरणसँगै पदीय बाँडफाँडसमेत मिलिसकेको दाबी गर्दै भन्नुभयो–‘पार्टी एकीकरणपछि म पार्टी निर्देशन समितिको राष्ट्रिय अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी अध्यक्ष हुने गरी सहमति भएको छ ।’

अध्यक्ष राणाले सरकारले तत्कालै पुरानै संरचनाअनुरुप स्थानीय निकायको निर्वाचन गरेर मात्रै राज्यको पुर्नसंरचनामा लाग्नुपर्ने बताउँदै हतारमा राज्य पुनःसंरचना गरे पछुताउनुपर्ने तर्क राख्नुभयो । रासस


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी