back
CTIZAN AD

५० हजार रोजगारी सिर्जना गर्ने उद्योग मन्त्रालयको योजना

वि.सं.२०७३ मंसिर २ बिहीवार

861 

shares

nabindra-joshi
२ मंसिर, काठमाडौ । उद्योग मन्त्रालयले ५० हजार युवा तथा महिलाका लागि रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ । मन्त्रालयको कार्ययोजना कार्यान्वयनबारे जानकारी गराउँदै मन्त्री नविन्द्रराज जोशीले ११ हजार ४ सय ५० जनालाई ६ महिनाभित्र रोजगारीका लागि कार्यक्रम तयार हुने बताए ।
मन्त्रालयले गत भदौँ २६ को समयसीमा निर्धारण गरी सार्वजनिक गरेको कार्ययोजनको कार्यान्वयनका बारेमा जानकारी जानकारी दिँदै उक्त कुरा बताएका हुन् । उनले नेपालमा स्वदेशी तथा वैदेशिक लगानीका लागि राम्रो वातावरण बनेको बताउँदै आगामी फागुन १९ र २० गते नेपालमा अन्तर्राष्ट्रिय लगानीकर्ता सम्मेलन गरी जानकारी पनि दिएका थिए ।
सो अवसरमा उनले बन्द उद्योगहरु पुनः सञ्चालनका लागि पहल भैरहेको जानकारी गराउँदै ती उद्योगहरु सार्वजनिक, निजी साझेदार मोडलमा सञ्चालन हुने बताए । नेपाल औषधी लिमिटेडको पुनः सञ्चालन अन्तिम अवस्थामा पुगेको बताउँदै त्यसैगरी हेटौँडा कपडा उद्योग पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको लगानीमा पुनः सञ्चालन हुने जानकारी गराएका थिए ।

वि.सं.२०७३ मंसिर २ बिहीवार ०४:१० मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...