back
CTIZAN AD

सवारी साधन नहरमा खस्दा सात बालबालिका बेपत्ता

वि.सं.२०७६ असार ५ बिहीवार

786 

shares

५ असार, नयाँ दिल्ली ।  भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् । स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता भएका २२ जनालाई नहरबाट उद्धार गरिएको र अन्य बेपत्ताको खोजी कार्य जारी रहेको छ ।

उत्तर प्रदेशको राजधानी लखनउको बाहिरी इलाकामा रहेको नाग्राम क्षेत्रमा बिहीबार बिहान सो दुर्घटना भएको हो ।बिहीबार बिहान सबेरै २९ यात्रु बोकेको एक सवारी साधन इन्दिरा नहरमा खसेको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् । सो सवारी साधनमा यात्रा गरिरेहका ती यात्रुहरु एक विवाह समारोहमा सहभागी भई फर्किरहेका थिए । दुर्घटना भएको लगत्तै स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका थिए ।

दुर्घटनापछि प्रायः वयस्क उमेरका २२ जनालाई उद्धार गरिएको तर सात बालिबालिका भने बेपत्ता भएका छन् । ती बालबालिका चारदेखि नौ वर्ष उमेरमा रहेका अधिकारीहरुले जनाएका छन् ।

भारतमा क्षमता भन्दा बढी यात्रु चढ्ने, खराब सडक र लापर्वाही रुपमा सवारी साधन हाँक्ने गर्दा बर्सेनि ठूलो संख्यामा दुर्घटना हुने गरेका अध्ययनहरुले देखाएका छन् । भारतका औसत रुपमा प्रत्येक दिन चारसय व्यक्तिको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको छ ।

वि.सं.२०७६ असार ५ बिहीवार १५:३३ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...