६ असार, काठमाडौँ । मन्त्रिपरिषद्ले गत जेठ ६ गते मेलम्ची खानेपानी आयोजनाको बाँकी काम छिटोभन्दा छिटो सक्न ४३ करोड रुपैयाँ ठेकका दिने निर्णय भएको एक महिना बिते पनि अझै काम सुरु भएको छैन तर ठेककाचाहिँ दिइएको छ –बिना प्रतिसपर्धा ।
अघिल्लो ठेकेदार इटालियन कम्पनी सीएमसीलाई ३६ करोड रपैयाँ
भुक्तानी गरेको भए पनि गत माघ २७ गते मेलम्चीको पानी काठमाडौँ आइसक्थ्यो । ठेकेदारलाई भुक्तानी नदिँदा आयोजना रद्द भएको थियो । त्यसपछि बाँकी कामका लागि मनित्रपरिषद्ले दुई अर्ब ५२ करोड रुपैयाँको लागत स्वीकृति र ठेक्काको कुल १० वटा प्याकेजमध्ये दुईवटामा मात्रै प्रतिस्पर्धा हुँदै छ । बाँकी काम ठेक्का तोकादेशका भरमा दिइएको छ । आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल र प्रधानमन्त्रीका पूर्वाधार विज्ञ एवं मेलम्चीका पूर्वकार्यकारी निर्देशक घनश्याम भट्टराईले आठवटा ठेकका प्याकेज बनाएका हुन् । शुक्रबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ असार ६ शुक्रवार ०७:५० मा प्रकाशित





























