
६ असार, काठमाण्डौं । नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मुठभेडमा मारिएको प्रहरीको दावी छ । सर्लाहीको लालबन्दी नगरपालिका १ लखन्ती खोलामा बिहिबार दिउँसो मुठभेड भएको प्रहरीके भनाई छ ।
राष्ट्रसेवक प्रहरीलाई सामान्य पनि क्षति नपुग्नु सुखद खबर हो । तर, मुठभेड भएर नै यस्तो भएको हो भन्ने विश्वास गर्न गाह्रो छ । बाटोमा हिँडिरहेको मान्छेलाई शंकाका आधारमा प्रहरीले ‘अबस्य’ गोली चलाउँदैन ।
विप्लव समूहकाले पहिले गोली चलाएका हुन् भने प्रहरीलाई पनि चोटपटक लाग्न सक्थ्यो । सुरुमा फायरिङ गर्नेले केही पनि गर्न नसक्ने तर जवाफी कारबाही गर्नेले मान्छे ठहरै पार्ने अनौठो उदाहरण विहिबारको घटनाले देखाएको छ । प्रहरीसँग यस्तो कौशल विरलै देखिने गर्छ । शुक्रबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ असार ६ शुक्रवार ०७:५५ मा प्रकाशित