६ असार, काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी दुई अर्ब ९८ करोड रुपैयाँ कर छली गरी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले १५ व्यक्तिविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मुख्य अभियुक्त सुनसरी इनरुवाका गोपालप्रसाद भट्टराई र विराटनगरका रिम्मरध्वज कार्की, दुई कर सहयागी र तीन लेखापरीक्षकसहित १५ विरुद्ध बिगोको दुई गुणा जरिवाना र जनही तीन वर्ष कैद माग गर्दै बिहीबार मुद्दा दायर गरेको हो ।
गेपालप्रसाद रिम्मरध्वजले विभिन्न आठ व्यक्तिको नाममा फर्म दर्ता गरेर भ्याट छली गरेका थिए । उनीहरुले विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला(दमाई) र पार्वती सूचीकारको नाममा फर्म र बैक खाता खोलेर कारोबार गरेको विभागको अनुसन्धानमा खुलेको छ । शुक्रबारको नयाँ पत्रिकाबाट
वि.सं.२०७६ असार ६ शुक्रवार ०८:०८ मा प्रकाशित





























