back
CTIZAN AD

अपडेट : सुरुङभित्र फसेका सबै मजदुरको सकुशल उद्धार

वि.सं.२०७६ असार ६ शुक्रवार

741 

shares

६ असार, रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका सबै कामदारलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । जिल्ला प्रहरी प्रमुख भागेन्द्रपुरुष ढकालका अनुसार छ चिनियाँ नागरिकसहित १७ कामदारलाई आज बिहान सात बजेभित्र बाहिर निकालिएको हो ।

बाहिर निकालिएका ती सबै १७ कामदारको उद्धारपश्चात स्थानीय स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण कार्यसमेत सम्पन्न गरिएको ढकालले जानकारी दिए । हिजो साँझदेखि गएको सुक्खा पहिरोमा फाटफुटरूपमा ढुङ्गा झरिरहेकाले आजका लागि विद्युत् आयोजनाको सुरुङको काम सुरक्षाका कारण स्थगन गराइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

विद्युत् आयोजनाको निर्माणमा चिनियाँ ठेकेदार कम्पनी सीडब्ल्यूईले कामदारको सुरक्षालाई दृष्टिगत गरी निर्माण कार्य अगाडि बढाइने बताएको छ । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जलविद्युत् कम्पनीका कर्मचारी जुटेका थिए ।

वि.सं.२०७६ असार ६ शुक्रवार ०८:५९ मा प्रकाशित

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...