back
CTIZAN AD

अष्ट्रेलियाका सबै राज्यमा पुग्दै जिपी कोईराला फाउन्डेशन

वि.सं.२०७६ असार ७ शनिवार

756 

shares

७ असार, अष्ट्रेलिया । अमेरिका, अष्ट्रेलिया लगायत एसियाका विभिन्न देशमा सक्रिय हुँदै अगाडि बढेको गिरिजा प्रसाद कोइराला (जिपी कोईराला) फाउन्डेशनको अष्ट्रेलिया शाखालाई अष्ट्रेलियाको सबै राज्यमा पुर्याउनका लागि पहल थालिएको छ ।
नेपाली राजनीतिक क्षेत्रमा लोकतन्त्रका पिता भनेर चिनिने पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति समेत रहेका स्व. गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको उक्त फाउन्डेशनको अष्ट्रेलिया शाखाले स्व. गिरिजा प्रसाद कोईरालाको विचार र योगदान विदेशमा पनि फैलाउने उद्धेश्यसहित अष्ट्रेलियाका सबै राज्यमा पुर्याउनका लागि पहल थालिएको बताइएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा हालै आयोजित एक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि डा. रिजालले गिरिजाप्रसाद कोईरालाको विचारलाई राष्ट्रिय\अन्तर्राष्ट्रियरुपमा फैलाउन फाउण्डेशनले गर्दै आएका गतिविधिहरुको प्रशंसा गरेका थिए ।

त्यस्तै जिपी कोईराला फाउन्डेशन अष्ट्रेलियाका संयोजक रमेश छतकुलीले फाउन्डेशनलाई अष्ट्रेलियाका सबै राज्यमा पुर्याउनका लागि आफूहरु सक्रिय रहेको बताए ।
सो अन्तरक्रिया कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्षहरु कृष्ण गिरी, सन्तोष सिटौला, अस्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन लगायतको पनि उपस्थिति रहेको थियो ।

मकाउमा जिपी कोईराला फाउन्डेशनको उद्घाटन

वि.सं.२०७६ असार ७ शनिवार ०९:०४ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...