back
CTIZAN AD

होटल सम्बन्धी अनुभव र सीप छ भने आवेदन दिइहाल्नुहोस्

वि.सं.२०७६ असार ७ शनिवार

1.3K 

shares

७ असार, काठमाण्डौं । तपाईसँग होटल सम्बन्धी अनुभव, ज्ञान र सीप छ भने अवसर नगुमाउनु होला ।

नेपालमा लामो समयदेखि ख्याति कमाउँदै आएको होटल एभरेष्ट इन्टरनेशनलले विभिन्न तहमा कर्मचारीको माग गरेको छ ।

१६० अत्याधुनिक सुविधाका स्तरीय कोठा, रेष्टुरेण्ट, वार, व्यांकेट, स्वीमिङ पोखरी, व्यायामशाला, हेल्थ क्लव र व्युटी शैलुन लगायतका सुविधासहितको सो ५ तारे होटलले आफ्नो नयाँ व्यवस्थापनका लागि योग्य, स्मार्ट, अनुभवि, सीपवान र आकर्षक व्यक्तित्व भएका कर्मचारी छनौट गर्ने भएको छ ।

सेल्स एण्ड मार्केटिङ विभाग अन्तर्गत सेल्स र मार्केटिङका मेनेजरहरु, राजश्व मेनेजर, सेल्स एक्ज्युकेटिभ्सहरु, रिजर्भेशन एक्जिक्यूटिभ खुलाएको छ भने फ्रन्ट अफिसअन्तर्गतमेनेजर, अधिकृत, सुपरभाइजर, सहायकहरु, टेलिफोन अपरेटर र वेल व्वाय मागेको छ ।

त्यस्तै हाउस किपिङ अन्तर्गत एक्जुकेटिभ, मेनेजर, अधिकृत, सुपरभाइजर, स्टेण्डेण्टस, माली र बगैँचे खोजेको छ भने इन्जिनियरिङ विभाग अन्तर्गत प्रमुख इन्जिनियर, सिफ्ट इन्जिनियर, इन्जिनियरिङ एक्जुकेटिभ, प्राविधिक सुपरभाइजर, इलेक्ट्रिीसियन्स, पलम्बर, कार्पेन्टर र पेन्टर लगायतका माग गरिएको छ ।

यसैगरी फुड एण्ड वेभरेज उत्पादन विभाग तर्फ एक्जुकेटिभ सेफ, सस सेफ, किचन प्रमुख, सेफ डी पार्टी, डेमी सेफ डि पार्टी, पेस्ट्री सेफ, कमीस सेफ एक, दुई र तीन, किचेन स्टेवार्ड सुपरभाइजर, युटिलिटी कामदार माग गरिएको छ ।

त्यस्तै फुड एण्ड वेभरेजकै सेवातर्फ मेनेजर, रेष्टुरेण्ट मेनेजर, व्यांकेट मेनेजर, एक्जुकेटिभ, सुपरभाइजर, क्याप्टेन, वेटर र वेट्रेस खुलाईएको छ । होटलका विभिन्न विभाग तर्फ वित्त विभागको मेनेजर, नियन्त्रक, खरिद अधिकृत र लेखा अधिकृत समेत मागिएको छ ।
यसमा आवेदन दिन आवेदकहरुले कम्तिमा ५ तारे होटलको अनुभव हुनुपर्ने बताइएको छ भने हालसालै खिचेको पासर्पोट साइजको फोटो, व्यक्तिगत विवरण, अनुभवका प्रमाणपत्र समेत राखेर ७ दिनभित्र (असार १४ गते भित्र) dhr@theeveresthotel.com मा दरखास्त हाल्न अनुरोध गरिएको छ । दरखास्तमा विभाग वा निश्चित सेवा पद, खुलाईएन भने अस्वीकृति हुने जानकारी सहित विवरणका आधारमा प्रारम्भिक छनौट हुने पनि होटलले जानकारी गराएको छ ।

वि.सं.२०७६ असार ७ शनिवार ०९:५० मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

प्रकाश सिलवाल, काठमाडौँ। 'हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ...

आजदेखि एसइई परीक्षा

आजदेखि एसइई परीक्षा

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा...