
७ असार, काठमाण्डौं । तपाईसँग होटल सम्बन्धी अनुभव, ज्ञान र सीप छ भने अवसर नगुमाउनु होला ।
नेपालमा लामो समयदेखि ख्याति कमाउँदै आएको होटल एभरेष्ट इन्टरनेशनलले विभिन्न तहमा कर्मचारीको माग गरेको छ ।
१६० अत्याधुनिक सुविधाका स्तरीय कोठा, रेष्टुरेण्ट, वार, व्यांकेट, स्वीमिङ पोखरी, व्यायामशाला, हेल्थ क्लव र व्युटी शैलुन लगायतका सुविधासहितको सो ५ तारे होटलले आफ्नो नयाँ व्यवस्थापनका लागि योग्य, स्मार्ट, अनुभवि, सीपवान र आकर्षक व्यक्तित्व भएका कर्मचारी छनौट गर्ने भएको छ ।
सेल्स एण्ड मार्केटिङ विभाग अन्तर्गत सेल्स र मार्केटिङका मेनेजरहरु, राजश्व मेनेजर, सेल्स एक्ज्युकेटिभ्सहरु, रिजर्भेशन एक्जिक्यूटिभ खुलाएको छ भने फ्रन्ट अफिसअन्तर्गतमेनेजर, अधिकृत, सुपरभाइजर, सहायकहरु, टेलिफोन अपरेटर र वेल व्वाय मागेको छ ।
त्यस्तै हाउस किपिङ अन्तर्गत एक्जुकेटिभ, मेनेजर, अधिकृत, सुपरभाइजर, स्टेण्डेण्टस, माली र बगैँचे खोजेको छ भने इन्जिनियरिङ विभाग अन्तर्गत प्रमुख इन्जिनियर, सिफ्ट इन्जिनियर, इन्जिनियरिङ एक्जुकेटिभ, प्राविधिक सुपरभाइजर, इलेक्ट्रिीसियन्स, पलम्बर, कार्पेन्टर र पेन्टर लगायतका माग गरिएको छ ।
यसैगरी फुड एण्ड वेभरेज उत्पादन विभाग तर्फ एक्जुकेटिभ सेफ, सस सेफ, किचन प्रमुख, सेफ डी पार्टी, डेमी सेफ डि पार्टी, पेस्ट्री सेफ, कमीस सेफ एक, दुई र तीन, किचेन स्टेवार्ड सुपरभाइजर, युटिलिटी कामदार माग गरिएको छ ।
त्यस्तै फुड एण्ड वेभरेजकै सेवातर्फ मेनेजर, रेष्टुरेण्ट मेनेजर, व्यांकेट मेनेजर, एक्जुकेटिभ, सुपरभाइजर, क्याप्टेन, वेटर र वेट्रेस खुलाईएको छ । होटलका विभिन्न विभाग तर्फ वित्त विभागको मेनेजर, नियन्त्रक, खरिद अधिकृत र लेखा अधिकृत समेत मागिएको छ ।
यसमा आवेदन दिन आवेदकहरुले कम्तिमा ५ तारे होटलको अनुभव हुनुपर्ने बताइएको छ भने हालसालै खिचेको पासर्पोट साइजको फोटो, व्यक्तिगत विवरण, अनुभवका प्रमाणपत्र समेत राखेर ७ दिनभित्र (असार १४ गते भित्र) [email protected] मा दरखास्त हाल्न अनुरोध गरिएको छ । दरखास्तमा विभाग वा निश्चित सेवा पद, खुलाईएन भने अस्वीकृति हुने जानकारी सहित विवरणका आधारमा प्रारम्भिक छनौट हुने पनि होटलले जानकारी गराएको छ ।
वि.सं.२०७६ असार ७ शनिवार ०९:५० मा प्रकाशित
























