
बाह्रै घन्टा काम गरे नि, मानो छैन मजदुरको ।
घामपानीमै ओत बस्ने, छानो छैन मजदुरको ।।
सहादत नै स्वीकारी, लोकतन्त्र ल्याउँदा पनि ।
सुनौलो त्यो इतिहासमै, पानो छैन मजदुरको ।।
चुपचाप सहि रहेछन्, मालिकको अत्याचार ।
देशको लागि योगदान, सानो छैन मजदुरको ।।
स्वघोषित मजदुर, देशकै मालिक बन्दा पनि ।
अहिले सम्म नेपालमा, रानो छैन मजदुरको ।।
चुपचाप सहि रहेछन्, मालिकको अत्याचार ।
देशको लागि योगदान, सानो छैन मजदुरको ।।
कब्जा गरे खुलामञ्च, सुकिला ति मजदुरले ।
त्यसैले त नयन ति, ओभानो छैन मजदुरको ।।
वि.सं.२०७६ असार ७ शनिवार ११:०५ मा प्रकाशित




























