back

कविता : एउटा नव प्रश्नलाई !!

वि.सं.२०७६ असार ७ शनिवार

966 

shares

 

आउनै नहुने परिबेशमा आइदिए यी प्रश्नहरु !
आउनै थियो त पूर्ब सूचना दिएर आऊनु पथ्र्याे यी प्रश्नहरु !
ढ़ोका ढकढकाएर आऊनु पथ्र्यो यी प्रश्नहरु

देख्दै छौ !
यी सबै एक दिन तीमी जस्तै हावाको झोका सरी
अनायसै अनी अचानक आएका थिए यी प्रश्नहरु
अलिकती उमंग अनि हौसला बोकर फुरुङ्ग हुदै
तर आज
अस्तित्वको लड़ाई, लड़दा लड़दै थाकेर
अनुत्तरित भएका छन यी सबै प्रश्नहरु

समय संगै अब त
कंयौ प्रश्नहरुले बाँच्नका लागी
आफ्नो स्वरूप बदलीसके
कैयौंले आफ्नो जात, धर्म साटीसके
अझ कैयौं त पलायन नै भैसके

थाहा छ
यी सारा प्रश्नहरु शताब्दीऔ देखी
एउटा सुन्दर उत्तरको पर्खाईमा छन्
लाग्छ, उत्तर एउटा नव दुलही हो ।
अनी सायद एउटा नयाँ बिहानी हो ।।

समय संगै अब त
कंयौ प्रश्नहरुले बाँच्नका लागी
आफ्नो स्वरूप बदलीसके
कैयौंले आफ्नो जात, धर्म साटीसके
अझ कैयौं त पलायन नै भैसके

मलाई लाग्छ
अब त सायद यी प्रश्नहरूले आफ्नो अस्तित्व नै बिर्सीसके
सायद, बिर्सनू मैं अस्तित्व सम्भव भएर हो की,
त्यसैले, चुपचाप अनी गुमनाम छन कंयौ प्रश्नहरु

आज तिमीले प्रवेश पायौ भने
फेरि अस्तित्वको लड़ाई लड़ने छौ म सँग
त्यसैले
जाउ तिमी स्वरूप बदलेर आउ
होईन भने, अस्तित्व विहीन अनुत्तरित प्रश्नहरुको राज्यमा
विलीन हुने छौ तिमी पनी ।

वि.सं.२०७६ असार ७ शनिवार ११:०९ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. समृद्धि ल्याउँछु भनी गफैमा...

कविता : खोल्ने भएछन् दल

कविता : खोल्ने भएछन् दल

घनश्याम पौडेल, पोखरा, कास्की राम्रा मानिस सर्दछन् पर अझै पर्ला...

कविता : मणिकल्प

कविता : मणिकल्प

चन्द्रमणि अधिकारी (अभिनव व्यास) तनहुँ, नेपाल छु ल्याएको हाँस्दै अभिनव...

कविता : धरतीको आत्मावाणी

कविता : धरतीको आत्मावाणी

यम रेग्मी, दाङ मेरो यो तनमाझ भ्रष्ट जनले पारे अनेकौं...

कविता : आखिर जल्नै पर्छ

कविता : आखिर जल्नै पर्छ

विदुर अधिकारी,चितवन तेरो मेरो भन्दै जीवन, तिक्त बनायौँ भवमा स्वार्थी...

कविता : माटाको आग्रह

कविता : माटाको आग्रह

हृषीकेश बराल,पोखरा –२६ कास्की मेरो जीउ जिमी मरुस्थल भयो चीत्कार...