back
CTIZAN AD

कविता : एउटा नव प्रश्नलाई !!

वि.सं.२०७६ असार ७ शनिवार

1.2K 

shares

 

आउनै नहुने परिबेशमा आइदिए यी प्रश्नहरु !
आउनै थियो त पूर्ब सूचना दिएर आऊनु पथ्र्याे यी प्रश्नहरु !
ढ़ोका ढकढकाएर आऊनु पथ्र्यो यी प्रश्नहरु

देख्दै छौ !
यी सबै एक दिन तीमी जस्तै हावाको झोका सरी
अनायसै अनी अचानक आएका थिए यी प्रश्नहरु
अलिकती उमंग अनि हौसला बोकर फुरुङ्ग हुदै
तर आज
अस्तित्वको लड़ाई, लड़दा लड़दै थाकेर
अनुत्तरित भएका छन यी सबै प्रश्नहरु

समय संगै अब त
कंयौ प्रश्नहरुले बाँच्नका लागी
आफ्नो स्वरूप बदलीसके
कैयौंले आफ्नो जात, धर्म साटीसके
अझ कैयौं त पलायन नै भैसके

थाहा छ
यी सारा प्रश्नहरु शताब्दीऔ देखी
एउटा सुन्दर उत्तरको पर्खाईमा छन्
लाग्छ, उत्तर एउटा नव दुलही हो ।
अनी सायद एउटा नयाँ बिहानी हो ।।

समय संगै अब त
कंयौ प्रश्नहरुले बाँच्नका लागी
आफ्नो स्वरूप बदलीसके
कैयौंले आफ्नो जात, धर्म साटीसके
अझ कैयौं त पलायन नै भैसके

मलाई लाग्छ
अब त सायद यी प्रश्नहरूले आफ्नो अस्तित्व नै बिर्सीसके
सायद, बिर्सनू मैं अस्तित्व सम्भव भएर हो की,
त्यसैले, चुपचाप अनी गुमनाम छन कंयौ प्रश्नहरु

आज तिमीले प्रवेश पायौ भने
फेरि अस्तित्वको लड़ाई लड़ने छौ म सँग
त्यसैले
जाउ तिमी स्वरूप बदलेर आउ
होईन भने, अस्तित्व विहीन अनुत्तरित प्रश्नहरुको राज्यमा
विलीन हुने छौ तिमी पनी ।

वि.सं.२०७६ असार ७ शनिवार ११:०९ मा प्रकाशित

कविता : बुद्ध विश्वास हो सच्चा

कविता : बुद्ध विश्वास हो सच्चा

कलानीधि दाहाल, रातोपुल, काठमाडौँ बुद्ध विश्वास हो सच्चा भित्रसम्म पुगी...

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

कविता : डिग्रीको बाघ

कविता : डिग्रीको बाघ

हिरा भट्ट "बदमास नम्बर दुई" पञ्चेश्वर-६,बिजुल, बैतडी आमाको घरमा खुसीसित...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...