back

रुपान्तरण

वि.सं.२०७६ असार ७ शनिवार

822 

shares

‘दाइ सन्चै हुनुहुन्छ ।’ आवाज परिचीत जस्तो लाग्यो फरक्क फर्किएँ । पुरै सेतो पहिरनमा यौटी महिला ठिंग उभिएकी थिइन् । मैले चिन्नै सकिन । औपचारिकताको लागि सन्चै छु भने । मैले सोधे ‘हजुर आराम हुनुहुन्छ ?’ उनले भनिन् ‘सन्चै भन्नू पर्यो दाइ’ “मलाई अलि हतार पनि थियो । मैले चिन्न पनि सकिन । हस् त भनेर म छुटिन खोजे ।

उनले फेरि भनिन् “दाइ मलाई चिन्नुभएन, म जमुना ! कत्ति छिटो बिर्सनु भो, शान्ती सम्झौतापछि दाइसँग भेट हुन पनि पाएन । अहिले मेरो पहिरन फेरिएको भएर पनि चिन्न गार्हो भयो । अचेल के गर्दै हुनुहुन्छ ? पार्टी फुटेपछि हजुरको समर्थन कस्लाइ भो ?’

मैले अस्ति मात्रै पढेको समाचार सम्झिएँ । मुख्य्मन्त्री पूजा गरेर आफ्नो नयाँ निवासमा सरे । मुख्यमन्त्रीको पूजा र जमुनाको ॐ शान्ति प्रवेशमा मैले कहिँ कतै तालमेल देखिन । हामी दुवै जना एक अर्कोको मोबाइल नम्बर लिएर छुटियौं ।

जमुना भन्ने बित्तिकै मलाई स्याङ्जा आक्रमणको याद आयो । स्याङ्जामा खटिएकी थिइ जमुना । सास्कृतिक बिभाग काम गर्ने भएकोले उसको र मेरो राम्रै चिनजान थियो । राम्रा राम्रा जनवादी गीत लेख्थी उस्ले । गीत संगितबद्द गर्नु अगि मलाई देखाउथी । मैले भन्दा राम्रा गीत लेख्थी । नाँच्न पनि सिपालु थिइ । ‘अरुन तरेर नाना तमुर तरेर आयौँ हामी विरताको गाथा कोरेर’ माइला लामाको यो गीतमा उस्ले नाच्दा सबैजना छ्क्क पर्थे ।

‘बल्ल चिने जमुना म त झुक्किएछु !’ मैले ढाट्न आवश्यक ठानिन् । अनि तिमी कसरी ॐ सान्तीमा लाग्यौ ? ‘दाइ म बाँच्न चाहन्छु । आत्महत्या मेरो लक्ष्य होइन, आखिर बाँच्नु नै ठूलो कुरा रहेछ ।’ उस्को कुरामा दम थियो । मैले सोधे ‘अनिता अचेल कता छ त ?’ उस्ले भनी ‘ऊ त कुवेत छ दाइ । अशोक सँगको सम्बन्ध बिच्छेद पछि कुवेत गइ ।’ मैले भने, ‘हो र ? अनि अशोक त सभासद होइन र ?’ उस्ले भनी ‘हो दाइ ।’ तिमीले त बिहे गरिनौ क्यारे । उस्ले भनी ‘गरिन दाइ । अब बिहे गर्दिन ।’ मैले भने ‘ॐ शान्तिमा लाएका ले बिहे गर्दैनन् रेन्त !’ ऊ हासी मात्रै ।

मैले अस्ति मात्रै पढेको समाचार सम्झिएँ । मुख्य्मन्त्री पूजा गरेर आफ्नो नयाँ निवासमा सरे । मुख्यमन्त्रीको पूजा र जमुनाको ॐ शान्ति प्रवेशमा मैले कहिँ कतै तालमेल देखिन । हामी दुवै जना एक अर्कोको मोबाइल नम्बर लिएर छुटियौं ।

वि.सं.२०७६ असार ७ शनिवार ११:१६ मा प्रकाशित

Himalayan Life AD
लघुकथाः परित्यक्त

लघुकथाः परित्यक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर सबैले भन्थे—“यस स्थानमा शान्ति...

लघुकथा : काउसो

लघुकथा : काउसो

मनीषकुमार शर्मा ‘समित’, भक्तपुर संसद भवनको अगाडि ठूलो तयारी, रातो...