back
CTIZAN AD

खानेपानीको समस्याले धारामा ताल्चा !

वि.सं.२०७६ असार ८ आइतवार

2K 

shares

 

८ असार, तनहुँ । पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् ।

खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन थालेपछि धारामा ताल्चा लगाउने गरिएको स्थानीयवासी सीता मल्लले बताए । मल्लले भने “खानेपानी दुरुपयोग हुन नदिनबाट जोगाउन यो उपाय अपनाएका हौँ ।” उनका अनुसार दुई धारामा ताल्चा लगाइन्छ, साँझ ६ बजेदेखि ९ बजेसम्म पानी भर्नका लागि ताल्चा खोलिन्छ । “अरु समयमा सधैँ  ताल्चा लगाएर नै राख्ने गरिएको छ”, स्थानीयवासी तेजकुमारी वंशीले भने, “खानेपानीको दुःखले गर्दा यस्तो गरिएको हो ।” उनका अनुसार खानेपानीको दुःखले गर्दा रित्तो गाग्री समयमै धारामा लगेर राख्नुपर्ने बाध्यता छ । ग्वास्लुङका १०० भन्दा बढी घरधुरी खानेपानी समस्याबाट पीडित छन् ।

खानेपानीको समस्याले गर्दा साँझ पर्न थालेसँगै धारामा स्थानीयवासीको भीड हुने गरेको छ । “साँझ पर्न थालेपछि अरु काम गर्न भ्याइँदैन, गाग्री बोकेर धारातर्फ दौडनुपर्छ”, स्थानीयवासी मीनकुमारी चन्दले भने ।

ह्वीलचियरमै विद्यालय
तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङका मानव चन्द अपाङ्गता छन् । उनी हिँडडुल गर्न सक्दैनन् । उनलाई हिँडडुल गर्न ह्वीलचियरको सहारा आवश्यक पर्छ । सोही वडास्थित राधा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत चन्द दैनिक ह्वीलचियरमै विद्यालय जान्छन् ।

चन्दलाई विद्यालय लैजान दैनिक एक साथी आवश्यक पर्छ । चन्दले भने, “उकालोओरालो कच्ची बाटो भएकाले एक्लै जान सक्दिनँ, साथीले आएर लैजान्छ ।” चन्दलाई विद्यालय लैजान र घर पु¥याउन सोही विद्यालयमा अध्ययनरत साथीले सहयोग गर्ने गरेका छन् । “सबैले पालैपालो विद्यालय आउन र घर फर्कन सहयोग गर्छन्”, उनले भने ।एक वर्षदेखि ह्वीलचियरमै विद्यालय जान थालेका उनलाई त्यस अगाडि बोकेर विद्यालय पु¥याउनुपथ्र्यो । अहिले ह्वीलचियर भएपछि केही सहज भएको चन्दले बताए । “बोकेरभन्दा ह्वीलचियरमा केही सहज छ”, उनले भने “गाउँको बाटोको अवस्थाले गर्दा ह्वीलचियरमै पनि कहिलेकाहीँ समस्या आउँछ ।”

वि.सं.२०७६ असार ८ आइतवार ०९:४३ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...