back
CTIZAN AD

नरैनापुरका जनप्रतिनिधिहरुलाई मानव अधिकार सम्बन्धी तालिम

वि.सं.२०७६ असार ८ आइतवार

1.9K 

shares


८ असार, बाँके । नरैनापुर गाउँपालिका सदस्यहरू, वडा अध्यक्ष, सदस्य र यूवाहरुलाई स्थानीय सरकार र मानव अधिकार अनुगमन, दस्ताबेजीकरण र प्रतिबेदन लेखन विषयक तालिम शनिबारबाट नरैनापुरमा सुरु भएको छ ।

शनिबारबाट सुरु भएको तालिममा गाउँपालिकाका जनप्रतिनिधि र यूवाहरुलाई मानव अधिकार, सुशासन, विभिन्न ऐन नियम, काम कर्तव्यहरूको बारेमा सहजिकरण गरिएको थियो । गाउँपालिका सदस्यहरू र यूवाहरुलाई थर्ड एलायन्स नेपालगंजका प्रमुख एव मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष आलम खान,आईएचआरसीका अध्यक्ष अधिवक्ता बिश्वजीत तिवारी, राष्ट्रिय मानव अधिकार आयोगका महिमा चौधरीले सहजिकरण गरेका थिए ।

नरैनापुर गाँउपालिकाको आर्थिक सहयोग र मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)को आयोजनामा शनिबारबाट सुरु भएको तालिमको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष इस्तीयाक अहमद शाहले नरैनापुर गाँउपालिका सबै भन्दा पिछाडिएको क्षेत्र भएकोले मानव अधिकार उल्लघनका घटनाहरु बढी हुने गरेको बताए ।

उहाँले यूवाहरुलाई अकिंत गर्दै भने, नरैनापुरका नागरिकले अहिले सम्म नेताहरुको झोला बोक्ने काम मात्र गरेकोले नरैनापुरको विकास हुन नसकेको बताउदै झोला बोक्ने प्रबृतिको अन्त्य गरी मानव अधिकार मैत्री समाज निमार्ण गर्न तर्फ लाग्न सुझाव दिए ।

अध्यक्ष शाहले नरैनापुरमा मानव अधिकारको सवालमा हुरीपपले काम गर्ने चासो व्यक्त गरे पछि आफूलाई निकै मन पर्ने र जनताको अधिकारको लागि स्वतन्त्र भएर बोल्न सक्ने पिडितलाई न्याय दिलाउनका लागि काम गर्ने भएकोले गाँउपालिकामा मानव अधिकार सचेतना फैलाउनका लागि तालिमको आयोजना गरेको जिकिर गरेका थिए ।

केही दिन पहिला नरैनापुरमा एक जना भारतीय नागरिकलाई चरेशको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको व्यक्ति निर्दोश रहेको बताउदै गाउपालिका अध्यक्ष शाहले प्रहरी आफनो छबी बनाउनका लागि झुठो आरोपमा जनतालाई फसाउनु सबै भन्दा ठूलो मानव अधिकार उल्लघनको घटना भएकोले चरेशको आरोपमा पक्राउ परेका निर्दोश व्यक्रिलाई रिहाई र दोषी प्रहरीलाई कारवाहीका लागि पहल गर्न मानव अधिकारकर्मीहरु संग अपिल गरेका थिए ।

वडा नं. ३ का अध्यक्ष राज कुमार मौर्यले मानव अधिकारको मूल्यमान्यताका बारेमा विस्तरीत जानकारी नरहेकोले मानव अधिकार उल्लघनका घटना भए पनि स्थानीय स्तरमा मिलामात्र हुने गरेको बताए । उहाँले तालिम पश्चात मानव अधिकार मैत्री वडा बनाउने प्रतिबद्धता व्यक्त गरे ।
वडा नं. ४ का अध्यक्ष दिनेश शर्माले आफनो कार्यकालमा नरैनापुरमा पहिलो पटक मानव अधिकारको तालिम आयोजना भएको बताउदै भविष्यमा सरकारी निकायहरुमा मानव अधिकार मैत्री सेवा प्रवाह हुने कुरामा विश्वस्त रहेको जिकिर गरे ।

यस्तै वडा नं. २ का अध्यक्ष मसुद अहमद शाहले शिक्षाको कमीका कारण मानव अधिकार उल्लघनका घटनाहरु नरैनापुरमा बढी हुने गरेको बताए । मानव अधिकार शिक्षाका बारेमा जन प्रतिनिधि र यूवाहरुलाई जानकारी गराउन निकै महात्वपूर्ण रहेको बताउदै तालिम उपलब्धी मूलक रहेको बताएका थिए ।

हुरीपपले आयोजना गरेको तालिममा नरैनापुर गाउँ कार्यपालिकाका सदस्य, वडा अध्यक्ष, सदस्यहरु, यूवाहरुको सहभागिता रहेको छ । नरैनापुर गाँउपालिकाको आर्थिक सहयोगमा सुरु गरेको तालिम ३ दिन सम्म चल्ने आयोजक हुरीपपले जनाएको छ ।

वि.सं.२०७६ असार ८ आइतवार १०:५३ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...