back
CTIZAN AD

चिकित्सा शिक्षा आयोगमा उपाध्यक्षका लागि दरखास्त आह्वान

वि.सं.२०७६ असार ९ सोमवार

1.1K 

shares

९ असार, काठमाडौँ । गठन हुन गैरहेको चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।

चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पु¥याएका चिकित्सकहरु मध्येबाट नेपाल सरकारले नियुक्त गरेको एक जना उपाध्यक्ष रहने प्रावधान भएबम्मोजिम ६१ वर्ष उमेर ननाघेको व्यक्तिले आवेदन दिन सक्ने जनाइएको छ ।

इच्छुक आवेदकले १५ दिनभित्र चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भएपछि आयोगको नेतृत्व गर्ने र नेतृत्वदायी भूमिका बन गर्ने सम्बन्धी बढीमा ३ हजार शब्दको सोचपत्र र बढीमा ३ हजार शब्दको ४ वर्षे व्यवसायिक कार्ययोजनासमेत संलग्न गरी सिलबन्दी दरखास्त सिफारिस समितिको सचिवालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा बुझाउनु पर्दछ ।

सूचना लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moe.gov.np मा समेत हेर्न सकिने छ ।

वि.सं.२०७६ असार ९ सोमवार ०८:२६ मा प्रकाशित

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

प्रकाश सिलवाल, काठमाडौँ। 'हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ...

आजदेखि एसइई परीक्षा

आजदेखि एसइई परीक्षा

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

काठमाडाैँ । नवलपुरको देवचुली नगरपालिकामा कक्षा ८ को नगरस्तरीय परीक्षाअन्तर्गत...