back
CTIZAN AD

‘लोक सेवाको विज्ञापन संविधानसम्मत’

वि.सं.२०७६ असार ९ सोमवार

969 

shares

काठमाडौँ । सङ्घीय ममिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगले गरेको विज्ञापन संविधानसम्मत रहेको बताएका छन् । मन्त्री पण्डितले संविधान र प्रचलित कानुनबमोजिम गरिएको विज्ञापनका प्रक्रियामा लोक सेवा आयोगले निष्पक्षतासाथ काम गरिएको विज्ञापनका प्रक्रियामा लोक सेवा आयोगले निष्पक्षतासाथ काम गरिरहेको सरकारको विश्वास रहेको बताए ।

प्रतिनिधिसभामा विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकको छलफलको क्रममा सांसदले उठाएका प्रश्नमा जवाफ दिँदै उनले अदालतमा मुद्दा विचारधीन रहेकाले त्यस विषयमा धेरै टिप्पणी नरहेको समेत स्पष्ट पारे । संसदीय समितिको निर्देशन किन कार्यान्वयन नगरेको भन्ने विपक्षी दलका सांसदको प्रतिप्रश्नपछि उनले सङ्क्षिप्त जवाफ भने दिए । उनले भने,“ लोक सेवा आयोग संवैधानिक अङ्ग हो । स्थानीय तहको मागका आधारमा लोक सेवाको कानुनी व्यवस्था र प्रचलित निजामती सेवा ऐनको व्यवस्थाबमोजिम विज्ञापन गरिएको हो । यस सवालमा सम्मानित सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन रहेका कारण यसबारे धेरै बोलिरहन आबश्यक देख्दिनँ ।” मन्त्री पण्डितले स्वीकृत दरबन्दीका आधारमा स्थानीय तहमा कर्मचारी समायोजन सकिएको बताए ।

प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारी आ–आफ्नो क्षेत्रमा परिचालित भइसकेका र थप पद पनि विज्ञापनको प्रक्रियामा रहेको पनि बताएको सोमबारको गोरखापत्रमा उल्लेख छ । उनले कर्मचारी प्रशासनलाई सुशासन र विकासमैत्री बनाउन नतिजामा आधारित रहने गरी कार्यसम्पादन सम्झौताका लागि कार्यदल गठन भएको पनि जानकारी दिए ।

वि.सं.२०७६ असार ९ सोमवार ०९:२५ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...