back
CTIZAN AD

‘दलित’ समुदायलाई होच्याउने सुवास र सञ्जिवमाथि कार्वाहीको माग

वि.सं.२०७६ असार ९ सोमवार

909 

shares

९ असार ।

“जतिसुकै जे भनेपनि कामी दमाईले आफ्नो औकात देखाएर जात जनाउँछ भनेको हो रैछ । आफू भन्दा अग्रज स्रष्टा शम्भु राईज्यूको गितको लय र भाकाको अंश चोरेर झन् आफै ठूलो कुरा गर्ने र अग्रज स्रष्टाको अपमान गर्ने यी प्रकाश सपुत भनेको कामीको मानसिकता पनि दलित नै रैछ ।”

सुवास मंगोल भन्ने व्यक्तिले लेखेको यो स्टाटसबाट दलित समुदाय आक्रोशित बनेको छ । हाल निकै चर्चित बनेको गलबन्दि लोकगितको भाका चोरी गरिएको भन्दै उसले लेखेको स्टाटस दलित समुदायको मान मर्यादामा ठेस पुग्ने गरी अमर्यादित र असभ्य रहेको स्पष्ट छ । गलबन्दीका गायक प्रकाश सपुत र शान्ति सिंह परियारमाथि अत्यन्त छुद्र शब्दले गालि गरिएको छ । त्यसपछिका उनका स्टाटसहरु दलित सुमदायलाई थप उत्तेजित बनाउने खालका छन् ।

त्यस्तै सञ्जीव राई कान्छाले पनि दलित समुदायलाई अत्यन्त पीडाहुने खालको अपशब्द प्रयोग गरेका छन् ।

यसविषयमा संघीय संसदमा पुर्ब बाणिज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद मीन विश्कर्माले  शुन्य समयमा बोल्दै  उनीहरुमाथि कार्वाहीको माग गरेका छन् । मंगोलले प्रयोग गरेका शब्दहरु समाजमा जातिय विभेद बढाउन सक्ने हुँदा उनलाई तत्काल पक्राउ गरी कानुनी कार्वाही अगाडि बढाउनु उचित देखिन्छ । अन्यथा यस्ता संवेदनशिल विषयलाई सामान्य रुपले लिने गल्ति राज्यले गर्न हुँदैन ।

भाका चोरिएको भए नेपाल प्रतिलिपि अधिकार अन्तर्गत छिनोफानो गर्न सकिन्छ तर समुदायको मानमर्दन हुने गरि अपशब्द प्रयोग गरिनु कानुनी अपराध हो ।

गायक शम्भू राईले प्रकाश सपुतविरुद्ध पाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका छन् । रजिष्ट्रार कार्यालयले सपुत र राईलाई मिल्नका लागि तीन दिनको समय दिएको छ ।
प्रतिक्रिया स्वरुप कसले के भनेका छन् ?

वि.सं.२०७६ असार ९ सोमवार १५:४९ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...