back
CTIZAN AD

एनआरएनए केन्याको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न, निर्वाचन स्थगित

वि.सं.२०७६ असार ९ सोमवार

825 

shares

२३ जुन, नैरोबी । गैरआवासिय नेपाली संघ (एनआरएनए) केन्याको चौथो राष्ट्रिय महाधिवेशन राजधानी नैरोबीस्थित न्यू रेहेमा हाउसमा सम्पन्न भएको छ ।

राष्ट्रिय समन्वय परिषद केन्याका अध्यक्ष कृष्णदत्त भट्टको सभापतित्व एवं केन्याको लागि अवैतनिक महावाणिज्यदूत जिम्मी अस्करको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य यादव काफ्ले, एनआरएनए केन्याका संस्थापक अध्यक्ष एवं केन्द्रीय निर्वाचन पर्यवेक्षक कुल बहादुर कार्कीको उपस्थिति रहेको थियो ।

एनआरएनए केन्याका उपाध्यक्ष कृष्ण प्रसाद गैरैको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा समितिका महासचिब सुरज डूम्रेले संस्थाको २०१७ र २०१९ को बार्षिक प्रतिबेदन पेश गरेका थिए । त्यस्तै, अध्यक्ष कृष्ण दत्त भट्टले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।

साक्षि अधिकारी र निहारिका बस्नेतको सांस्कृतिक प्रस्तुतिहरु समेटिएको उक्त कार्यक्रममा अतिथि एनआरएनए (एनसिसि) ईराकका अध्यक्ष खेम पौडेलले आफ्नो सुभकामना मन्तब्य राखेका थिए ।

निर्वाचन कार्यक्रम स्थगित
यसैबिच चौथो महाधिवेशनभित्रै समेटिएको नयाँ कार्यसमिति गठनको निम्ति निर्वाचनको कार्यक्रम भने स्थगित भएको छ ।

उमेद्ववारीको निम्ति पूर्वनिर्धारित समय एवं थप गारिएको एक दिनको समयसीमा भित्रमा पनि तीन पदमा मात्र उम्मेदवारी परेकोले निर्वाचनका निम्ति पर्याप्त उमेद्ववारी नभएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेल सम्मको लागि निर्वाचन स्थगित भएको जनाइएको छ ।

नारायण भट्टराई निर्वाचन समिति संयोजक रहेको सामितिको सदस्यमा उदय हाडा रहेका थिए भने निर्वाचन समितिले जारी गरेको सूचनामा नयाँकार्यसमिति गठन नहुन्जेलसम्म कार्यभार सम्हाल्नको निम्ति हालकै कार्यसमितिलाई अनुरोध गरेको छ ।  उक्त कार्यक्रमको सन्चालन टिका धितालले गरेका थिए ।

वि.सं.२०७६ असार ९ सोमवार १५:३७ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...