back

एनआरएनए केन्याको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न, निर्वाचन स्थगित

वि.सं.२०७६ असार ९ सोमवार

564 

shares

२३ जुन, नैरोबी । गैरआवासिय नेपाली संघ (एनआरएनए) केन्याको चौथो राष्ट्रिय महाधिवेशन राजधानी नैरोबीस्थित न्यू रेहेमा हाउसमा सम्पन्न भएको छ ।

राष्ट्रिय समन्वय परिषद केन्याका अध्यक्ष कृष्णदत्त भट्टको सभापतित्व एवं केन्याको लागि अवैतनिक महावाणिज्यदूत जिम्मी अस्करको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य यादव काफ्ले, एनआरएनए केन्याका संस्थापक अध्यक्ष एवं केन्द्रीय निर्वाचन पर्यवेक्षक कुल बहादुर कार्कीको उपस्थिति रहेको थियो ।

एनआरएनए केन्याका उपाध्यक्ष कृष्ण प्रसाद गैरैको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा समितिका महासचिब सुरज डूम्रेले संस्थाको २०१७ र २०१९ को बार्षिक प्रतिबेदन पेश गरेका थिए । त्यस्तै, अध्यक्ष कृष्ण दत्त भट्टले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।

साक्षि अधिकारी र निहारिका बस्नेतको सांस्कृतिक प्रस्तुतिहरु समेटिएको उक्त कार्यक्रममा अतिथि एनआरएनए (एनसिसि) ईराकका अध्यक्ष खेम पौडेलले आफ्नो सुभकामना मन्तब्य राखेका थिए ।

निर्वाचन कार्यक्रम स्थगित
यसैबिच चौथो महाधिवेशनभित्रै समेटिएको नयाँ कार्यसमिति गठनको निम्ति निर्वाचनको कार्यक्रम भने स्थगित भएको छ ।

उमेद्ववारीको निम्ति पूर्वनिर्धारित समय एवं थप गारिएको एक दिनको समयसीमा भित्रमा पनि तीन पदमा मात्र उम्मेदवारी परेकोले निर्वाचनका निम्ति पर्याप्त उमेद्ववारी नभएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेल सम्मको लागि निर्वाचन स्थगित भएको जनाइएको छ ।

नारायण भट्टराई निर्वाचन समिति संयोजक रहेको सामितिको सदस्यमा उदय हाडा रहेका थिए भने निर्वाचन समितिले जारी गरेको सूचनामा नयाँकार्यसमिति गठन नहुन्जेलसम्म कार्यभार सम्हाल्नको निम्ति हालकै कार्यसमितिलाई अनुरोध गरेको छ ।  उक्त कार्यक्रमको सन्चालन टिका धितालले गरेका थिए ।

वि.सं.२०७६ असार ९ सोमवार १५:३७ मा प्रकाशित

Himalayan Life AD
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

  न्यूयोर्क – समाजसेवा र मानवीय सहयोगको सुन्दर उदाहरण प्रस्तुत...