back
CTIZAN AD

एभरेष्ट कप २०१९ को उपाधि नेप्जुमलाई

वि.सं.२०७६ असार ९ सोमवार

804 

shares

 

यहि २२ जुन २०१९ शनिबारका दिन गैर आवासीय  नेपाली संघ (एनआरएन) नर्वे द्धारा आयोजना गरिएको एभरेस्ट कप २०१९ भब्य सफलताका साथ सम्पन्न भएको छ ।

नर्वेको राजधानी ओस्लो स्थित Sognsvann   नर्वेजियन खेलकुद स्कुल को ग्राउण्डमा सम्पन्न  मैन्त्रिपूर्ण फुटबल खेलको बिगत ३ बर्ष देखि लगातार कब्जा जमाएको नेप्जुमले  यस  बर्ष भएको खेलमा पनि प्रथम स्थान हासिल गरि  नगद प्रमाण -पत्र र शिल्ड  हात पारेको हो  ।

त्यसैगरी बेस्ट प्लेयरको रुमा एनआरएनए नर्वेका निसान हमाल, र अनुशासित टिमको रुपमा एनआरएनए डेनमार्क र ८ गोल गरेर नेप्जुंगका इभान गुरुङ हाइएस्ट स्कोरर घोषीत हुनु भएको छ ।

बिगत २००८ मा ओस (ÅS ) फुटबल कार्यक्रमममा दुर्घटनामा पर्नु भएका नेपाली बिद्यार्थी कन्चन कार्कीको स्मरणमा  २०१३ देखि एभेरेस्ट कप फुटबलको आयोजना गर्दै आएको यस बर्षको खेलमा नर्वे लगाएत  ९ टिम सहभागी थिए ।

२०१३ मा  एभेरेस्ट कप नर्वे  बाट प्रारम्भ  भएको  फुटबल हाल युरोपस्तरीय रुपमा परिचित भैसकेको कुरा  एनआरएन नर्वेका महासचिव राजु अर्यालले आफ्नो अनुभव  बताउनु भयो  ।

२२ जुन शनिबार निर्धारित समयमा सुरु गरिएको  यस पटकको युरोपस्तरीय खेलमा युके, स्वीडेन, डेनमार्क लगायतका ९ टिमको सहभागी रहेको थियो। एनआरएन नर्वे, गोर्खा युनाइटेड, नेपाली पोतुगिज समाज, नर्वे (नेपोस), नेपाल सोसाइटी ओस (ÅS) Nepsa (नेप्सा), योंग ब्वाइज युनियन, भिकिंग यति (स्वीडेन), नेप्जुम एमबीजेड (इङल्यान्ड) र एनआरएन डेनमार्कको सहभागिता रहेको थियो। NRNA  एनआरएन नर्वेका अनुसार खेलको माध्यम द्वार नेपाली समुदायबीचमा अन्तरसम्बन्ध अझै मजबुत र सुमधुर बनाउन, युरोपमा रहेका नेपालीबीच एकता कायम गर्ने  उद्देश्यले खेल बिस्तार गर्ने क्रममा  बिगत ६ बर्ष देखि ऐतिहसिक  रुपमा  एभेरेस्ट कप नर्वे  हुदै   युरोप सम्म  मैत्रीपूर्ण रनिङ्ग शिल्ड  फुटबल को आयोजना गर्दै  आएको हो ।

खेलमा नर्वेमा क्रियाशील   नेपाली समुदायका विभिन्न संस्था NRNA ,JSS ONF , नेपोस, Helping Hands For Nepal , Nesco Norway र Nepsa का प्रतिनिधि हरुको उपस्थितिमा खेलाडीहरु लाई  हौसला प्रदान गर्दै पुरुस्कार वितरण कार्यक्रमममा सहभागी हुदै एक्यबद्वाता जनाउनु भएको थियो ।

NRNA  (एनआरएनए)  डेनमार्कका महासचिब सुमन थापा, महिला उपाध्यक्ष सुशील हमाल , आयोजक कमिटी NRNA नर्वेका अध्यक्ष संजिब कुमार थापा,  कार्यक्रम संयोजक पवित्र बस्नेतले मन्तब्य व्यक्त गर्दै यो खेलले सबैमा हौसला दिएको र भविष्यमा पनि यस्ता खेलहरु आयोजना गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा युवा संयोजक निल अर्यालको उपस्थितिमा कार्यक्रम  संयोजक पवित्र बस्नेतले खेलमा योगदान पुर्याउने सबै प्रति  उच्च कदर र सम्मान गर्दै कार्यक्रम सफल पार्न अहम भूमिका निर्वाह गरि बिभिन्न चरणमा सुझाव सल्लाह दिने निबर्तावान youth Cordinator आयोजक कमिटिका  साथीहरु लगाएत सबै प्रति आभार व्यक्त गर्दै धन्यबाद  व्यक्त गर्नु भएको थियो । सो पश्चात सम्पूर्ण खेलाडीको साथमा कार्यक्रमममा सहभागी NRNA ले आयोजना गरेको नेपाली परिकारको डिनरमा  महिला बालबालिका लगाएत  झन्डै १८० जना सहभागी रहेको सो कार्यक्रम भब्य रुपमा सफलता साथ सम्पन्न भएको थियो  ।

वि.सं.२०७६ असार ९ सोमवार १५:१५ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...