back

ट्याङ्करको ठक्करबाट एकको मृत्यु

वि.सं.२०७६ असार ९ सोमवार

1.4K 

shares

९ असार, मोरङ । मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा ट्याङ्करको ठक्करबाट आज बिहान एक शिक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–४ का २९ वर्षीय सन्दीप पौडेल रहेको छ । ना४ख १९०५ नंको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको को२६प ३०५९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिक्षक पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

डिजेल पु¥याएर सिरहाबाट विराटनगरतर्फ फर्किंदै गरेको अवस्थामा भएको सो दुर्घटनामा गम्भीर घाइते भएको उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

पौडेल विराटनगरस्थित आइटीसम्बन्धी पढाई हुने हिमालय कलेजको शिक्षक थिए । ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७६ असार ९ सोमवार १४:५८ मा प्रकाशित

Himalayan Life AD
दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा...

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा...

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको...