back
CTIZAN AD

प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शी बनाउन माग

वि.सं.२०७६ असार ९ सोमवार

1K 

shares

९ असार, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई सुरक्षित र पारदर्शी बनाउन सरकारले ठोस योजनाका साथ अगाडि बढिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले भने , “प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शीरुपमा अघि बढिरहेको छ ।”

मन्त्री विष्टले स्वदेशमा रोजगारको सुनिश्चितता प्रदान गर्न सरकारले आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न रु तीन अर्ब १० करोड रकम विनियोजन गरिएको उल्लेख गर्दै शीपयुक्त जनशक्ति उत्पादन गरेर वैदेशिक रोजगारमा पठाउने नीति सरकारको छ भन्दै वैदेशिक रोजगारीका लागि मलेशिया र जापान सरकारबीच नयाँ सम्झौता भएको जानकारी दिए ।

कतार, कुवेत, टर्कीलगायतका मुलुकमा नयाँ श्रम सम्झौता भएको तथा जर्मनी र पोर्चुगलमा कामदार पठाउन पहल भइरहेको उल्लेख गर्दै उहाँले ठगी नियन्त्रण कानूनलाई परिमार्जन गरिएको बताए ।

मन्त्री विष्टले विप्रेषण आयलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न कार्यदलको सुझाव प्राप्त भएको बताउँदै देशभित्र रोजगारी सिर्जना गर्न सामाजिक सुरक्षा योजना अघि बढिसकेको जानकारी दिए ।

योगदानमा आधारित सामाजिक सुरक्षामा हालसम्म तीन हजार १४६ प्रतिष्ठान सूचीकृत भइसकेको, मातृ तथा वृद्ध सुरक्षा योजना अघि बढेको र विसं २०८२ सम्म सबै प्रकारका बालश्रम उन्मुलन भइसक्ने पनि उनले बताए ।

त्यसपछि सांसद खगराज अधिकारी, दिव्यमणि राजभण्डारी, भवानीप्रसाद खापुङ, रामबहादुर विष्ट, रामबाबुकुमार यादव, विमला विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, हिरा गुरुङ, पार्वता डिसी चौधरी, पुष्पा भुसाल, ज्ञानकुमारी छन्त्याल, प्रेम सुवाल, मिनासुब्बा र डिला सङ्ग्रौलाले मन्त्री विष्टसँग थप प्रष्टीकरणको माग गरेका थिए ।

उनीहरुले उठाएका जिज्ञासामा मन्त्री विष्टले श्रम ऐन लागू गर्न निर्देशन भएको, बेरोजगार समस्या समाधान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएको बताउँदै योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट क्रमशः बेरोजगारी सङ्ख्या कम हुँदै जाने विश्वास व्यक्त गरे ।

मन्त्री विष्टले असार १५ र १६ गते हुने रोजगार सम्मेलनबाट नयाँ गन्तव्यको खोजी एवं स्वास्थ्य परीक्षण मापदण्ड पुगेका निकायको छनोट तथा प्राविधिक समूहको बैठक बसेलगत्तै मलेशियामा पनि रोजगार खुला हुने जानकारी दिए ।

वि.सं.२०७६ असार ९ सोमवार १४:४६ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...