back

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

वि.सं.२०७६ असार ९ सोमवार

426 

shares
GLOBAL IME AD
NTC AD

९  असार, जकार्ता ।  इन्डोनेसियाको पूर्वी भेगमा सोमबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । इन्डोनेसिया सरकारले सुनामीको चेतावनी भने दिएको छैन । तर भूकम्पको धक्का अस्ट्रेलियासम्म महसुस गरिएको थियो ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो । जमिनको सतहबाट करिब २०८ किलोमिटर मुनि उक्त भूकम्पको केन्द्र रहेकाले पनि जमिनको सतहमा खासै क्षति नपुगेको सर्भेले जनाएको छ ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले पनि जमिनमुनि निकै गहिराईमा भूकम्प गएका कारण सुनामीको चेतावनी नदिएको जनाएको छ ।
पपुवामा ६.१ म्याग्नीच्यूडको भूकम्प गएको केही घण्टाभित्रै इन्डोनेसियाको अम्बोनमा भूकम्प गएको हो । पपुवाको भूकम्प भने जमिनको सतहबाट २१ किलोमिटर गहिराईमा मात्र गएको थियो ।

भूकम्पीय दृष्टिबाट इन्डोनेसिया निकै जोखिममा रहेको छ । यहाँ बर्सेनि ठुल्ठूला भूकम्प जाने र जनधनको ठूलो क्षति हुने गरेको छ ।

गत वर्ष ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण दुई हजार २०० भन्दा बढीको मृत्यु भएको थियो । सन् २००४ को डिसेम्बर २६ मा आचेह प्रान्तमा आएको ९.१ म्याग्नीच्यूडको भूकम्पका कारण सिर्जित सुनामीबाट एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

वि.सं.२०७६ असार ९ सोमवार १४:३९ मा प्रकाशित

बोआओ फोरमको वार्षिक सम्मेलन सुरु

बोआओ फोरमको वार्षिक सम्मेलन सुरु

हाइनान(चीन) । एसियाका लागि बोआओ फोरम (बिएफए) को वार्षिक सम्मेलन...

हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

सियोल । बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा...

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

सियोल । दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण...

थाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्त

थाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्त

बैंकक । थाइल्यान्डकी प्रधानथाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्तमन्त्री पेटोङ्टार्न...

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य...

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

हाइनान (चीन) । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा...