back
CTIZAN AD

कम्बोडिया भवन भग्नावशेषमा जीवित व्यक्ति नरहेको दाबी

वि.सं.२०७६ असार ९ सोमवार

1.5K 

shares

९ असार, कम्बोडिया ।  गत शनिबार कम्बोडियाको सिहामनोक्भिल्लेमा निर्माणाधिन अवस्थामा रहेको एक भवन भत्किँएको भवन भग्नावशेषमा जीवित व्यक्ति फेला नपर्ने उद्धारकार्यमा संलग्न सेनाको दाबी रहेको छ ।

निर्माणाधिन अवस्थामा रहेको सात तले यस भवनमा गत शनिबार भत्किँदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको थियो । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले दुर्घटना भएको क्षेत्रको भ्रमण गरेका छन् । सो भवन भग्नावशेषबाट सोमबार बिहानसम्म पनि शवहरु निकालिएको एएफपीका एक समाचारदाताले जानकारी दिएका छन् ।

यस भवन भग्नावशेषबाट अव जीवित व्यक्ति उद्धार गर्ने संभावना नरहेको उद्धारकार्यमा संलग्न एक सैनिकले एएफपी समाचार समितिलाई बताएका छन् ।
खिम पोभ नाम गरेकी ४७ बर्षीय एक महिलाले सो भवन भग्नावशेषमा आफ्ना श्रीमान र भतिजा र वेपत्ता रहेका र आफ्नो छोरोलाई भने उद्धार गरिएको एएफपीलाई बताएकी छिन् । छोराको उपचार भईरहेको उनले जानकारी दिएकी छिन् ।

भत्किँएको सो भवन भग्नावशेषबाट शवहरु निकाल्ने क्रम जारी रहेको र आफ्ना श्रीमानको जीवितै उद्धार हुने आशा नरहेको पनि ती महिलाले जानकारी दिएकी छिन् ।

वि.सं.२०७६ असार ९ सोमवार १४:३५ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...