back

कम्बोडिया भवन भग्नावशेषमा जीवित व्यक्ति नरहेको दाबी

वि.सं.२०७६ असार ९ सोमवार

1.3K 

shares

९ असार, कम्बोडिया ।  गत शनिबार कम्बोडियाको सिहामनोक्भिल्लेमा निर्माणाधिन अवस्थामा रहेको एक भवन भत्किँएको भवन भग्नावशेषमा जीवित व्यक्ति फेला नपर्ने उद्धारकार्यमा संलग्न सेनाको दाबी रहेको छ ।

निर्माणाधिन अवस्थामा रहेको सात तले यस भवनमा गत शनिबार भत्किँदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको थियो । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले दुर्घटना भएको क्षेत्रको भ्रमण गरेका छन् । सो भवन भग्नावशेषबाट सोमबार बिहानसम्म पनि शवहरु निकालिएको एएफपीका एक समाचारदाताले जानकारी दिएका छन् ।

यस भवन भग्नावशेषबाट अव जीवित व्यक्ति उद्धार गर्ने संभावना नरहेको उद्धारकार्यमा संलग्न एक सैनिकले एएफपी समाचार समितिलाई बताएका छन् ।
खिम पोभ नाम गरेकी ४७ बर्षीय एक महिलाले सो भवन भग्नावशेषमा आफ्ना श्रीमान र भतिजा र वेपत्ता रहेका र आफ्नो छोरोलाई भने उद्धार गरिएको एएफपीलाई बताएकी छिन् । छोराको उपचार भईरहेको उनले जानकारी दिएकी छिन् ।

भत्किँएको सो भवन भग्नावशेषबाट शवहरु निकाल्ने क्रम जारी रहेको र आफ्ना श्रीमानको जीवितै उद्धार हुने आशा नरहेको पनि ती महिलाले जानकारी दिएकी छिन् ।

वि.सं.२०७६ असार ९ सोमवार १४:३५ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...