back
CTIZAN AD

नबिल बैंक र बिराटनगर अस्पतालको सम्झौता

वि.सं.२०७६ असार १८ बुधवार

813 

shares

१८ असार, काठमाडौ । नबिल बैंक र विराट नर्सिङ होम एण्ड विराट मेडिकल कलेज अस्पताल बीच विशेष छुट सम्बन्धि सम्झोता भएको छ ।

उक्त सम्झौतामा नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विराट अस्पतालमा विशेष छुट र सुविधा पाउने गरी सम्झौता भएको हो ।
उक्त सम्झौता बमोजिम विराटनगर अस्पतँलले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्ने बताइएको छ ।

ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने बैकंको प्रयासको निरन्तरता स्वरुप अस्पतालको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने विश्वास नबिल बैंकका विराटनगर शाखाका शाखा प्रबन्धक राजेश दासले व्यक्त गरे ।

नेपाली नागरिकहरुलाई अधिक सेवा पु¥याउने प्रतिबद्धता अनुरुप नबिल बैंकसँंग सहकार्य गर्न पाउ“दा खुसी लागेको र उक्त सम्झौताले थप एक कदम अगाडी बढ्न मद्दत पुगेको विराटनगर अस्पतालका निर्देशक सुनिल तपरियाले बताए ।

४०० बेड सहितको स्वास्थ्य संस्था, विराटनगर अस्पतालले १९ बर्ष देखि गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको पनि अस्पतालले बताएको छ ।

नबिल बैंकले ७९ वटा शाखाहरुको सञ्जाल, १३३ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु स“गै अघि बढ्ने विश्वास लिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७६ असार १८ बुधवार १३:४७ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...