back
CTIZAN AD

सर्पले डसेर बालकको मृत्यु

वि.सं.२०७६ असार १९ बिहीवार

882 

shares

१९ असार, डोटी । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआई सिंह गाउँपालिकामा सर्पले डसेर आज बिहान एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता लालबहादुर धामीका अनुसार उक्त गाउँपालिका–२ तिखात्तर बस्ने शेरबहादुर बोगटीका ९ वर्षीय छोरा झकेन्द्रबहादुरको आँगनमा बसेर पढिरहेका बेला सर्पले डसेर मृत्यु भएको हो ।
सर्पले डसेपछि दिपायलको पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उनलाई उपचारका लागि पु¥याइएपछि उनको मृत्यु भएको छिमेकी मोहन बोगटीले बताए । बिरामीलाई ढिलो गरी अस्पताल ल्याइएका कारण उपचार सम्भव नभएको उक्त अस्पतालका चिकित्सक ललित लिम्बूले बताए ।

उनले भने, “सर्पले डसेका बिरामीलाई तत्कालै अस्पताल लैजानुपर्छ भन्ने ज्ञान रहेनछ, अझै गाउँमा झारफुक गर्ने बानीका कारण बिरामी मर्ने गरेको पाइयो ।” बुधबार मात्रै शिखर नगरपालिका–२ कालागाढकी ४२ वर्षीया जमुनादेवी कार्कीको पनि सर्पले डसेका कारण मृत्यु भएको थियो । उहाँलाई पनि समयमै अस्पताल नपु¥याउँदा मृत्यु भएको चिकित्सकहरुले बताए । जिल्लामा गर्मी बढेसँगै सर्पदंशका बिरामी बढ्न थालेका छन् ।

वि.सं.२०७६ असार १९ बिहीवार १२:१२ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...