back
CTIZAN AD

वार्ता मार्फत् विप्लवलाई मुलधारमा ल्याउनुपर्छ–उपसभामति निधि

वि.सं.२०७६ असार १९ बिहीवार

1.6K 

shares

१९ असार, चितवन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखेका थिए ।

अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उहाँले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राखे ।

निधिले काँग्रेसभित्र गुटबन्दी नरहेको बताए । महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको उनको भनाइ थियो । “काँग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन”, उनले भने ।

सरकारले गरेका कामहरुका कारण जनतामा फेरि काँग्रेसप्रति आशा र भरोसा बढेको उनको भनाइ थियो । गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको निधिले बताए ।

फरक प्रसङ्गमा उनले नेविसङ्घको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुङ्गो लाग्ने बताए ।

वि.सं.२०७६ असार १९ बिहीवार १२:१८ मा प्रकाशित

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...