back
CTIZAN AD

कविता-मेरो देश

वि.सं.२०७६ असार २१ शनिवार

12.2K 

shares

मेरो देश !
शान्तिको देश
गौतम बुद्ध जन्माउने देश
शान्तिको दिपक जलाउने देश !

मेरो देश
वीरहरुको देश
वीर सपूतहरु जन्माउने देश
अमरसिंह भक्ती थापा र
बलभद्र हुर्काउने देश !

जहाँ आफ्नो देशको निम्ति
त्याग भयो
कसै सामु घुँडा टेकीएन
नालापानीको युद्ध होस्
या अंग्रेज सामु आफ्नो
शिर कहिले झुकाइएन
मेरो देश मेरो देश !

मेरो देश
सीता, भृकुटी र पासाङको देश
हिमालय पुत्री गौरीको देश
नेपाल आमाको शिर उच्च राखी
देश र जन्मभूमी प्रती आफ्नो
मर्यादा कायम राख्ने
त्याग र बलिदानले
गौरवमय मेरो देश ।

मेरो देश सहिदको बलिदानले
गौरवान्वित भएको देश
जहाँ गंगालाल धर्मभक्त
शुक्रराज र दशरथ चन्द
जन्मेको देश !
सहिदको रगत र बलिदानले
रंगिएको मेरो देश
एकातिर बुद्धको आँखाले शान्ति
छरिरहने मेरो देश
अर्कोतिर
राष्ट्रदेव पशुपतिले रक्षा गरिरहेको
कतै शंखको पबित्र ध्वनि
गुन्जिरहने मेरो देश
कतै बेद्को पबित्र ऋचाको गुन्जन
यस्तो छ मेरो देश
सुन्दर देश
नेपाल देश !!

*********************

वि.सं.२०७६ असार २१ शनिवार ०७:५२ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...