एउटी विछिप्त महिला
हिडिरहेकी छे निर्वस्त्र
नयाँ सडकको किनारै किनार
खेपिरहेकी छे अनन्य घृणा
सहिरहेकी छे घनघोर तिरस्कार
उस्तै ढंगमा
नाचिरहेकी छे
अर्की बुज्रुक महिला खुलेआम
अति आधुनिक स्टेजमाथि
पाइरहेकी छे गड्गडाहाट ताली
बटुलीरहेकी छे रातारात चर्चा
म भने
हेरिरहेको छु
सडक र स्टेज बिचको भिन्नता ।
प्रकाश बस्नेत गफाडी
काठमाडौँ आलापोट
९८४११९७७८०
वि.सं.२०७६ असार २१ शनिवार ०७:५४ मा प्रकाशित






























