मरे तुल्य बाँचेको छु सास नमाग
भोको पेट कसेको छु गाँस नमाग
क्षीतिज पारी देशमा परदेशी छु
भत्केको झुपडी छ बास नमाग
शरिरमा आगो दन्काउँदै जलि रहेछु
आफ्नै लास खरानी छ पास नमाग
आफू सँग धेरै हारें आफ्नै लडाईमा
जीउँदै लड्छु बगरमा लास नमाग
सन्नाटामा कत्ति गने डुब्ने ताराहरू
अस्ताएको जुन हुँ म खास नमाग
बिर्तामोड नपा–८
हाल रेगिस्तानबाट
वि.सं.२०७६ असार २१ शनिवार ०७:५६ मा प्रकाशित




























