back
CTIZAN AD

जिपी फाउण्डेसनद्वारा साहित्यक विचार विमर्श कार्यक्रम सम्पन्न

वि.सं.२०७६ असार २१ शनिवार

783 

shares

गिरिजाप्रसाद कोइराला फाउण्डेशन(जिपी कोइराला फाउण्डेशन)  अमेरिकाले न्युयार्कस्थित कार्यालयमा अमेरिकी स्वतन्त्रता दिबस जुलाई ४ तारिखको उपलक्ष्यमा साहित्यिक बिचार बिमर्श र भेटघाट कार्यक्रमको आयोजना गर्यो।

उक्त कार्यक्रमका सम्मानीय अतिथि श्रीमान गीता खत्री, अध्यक्ष, बि.ओ.टि अनेसास केन्द्र र राधेश्याम लेकाली अध्यक्ष, अनेसास केन्द्रद्वयलार्इ स्वागत गरिएको थियो । साथै उनीहरुको उपस्थितिले हामीलाई थप हौसला र प्रोत्साहन प्रदान गरेको छ। फाउण्डेसनका केन्द्रीय सदस्य श्याम कार्कीले उपस्थित सबै महानुभावहरुलाइ स्वागत गरेका थिए भने अध्यक्ष सोमनाथ घिमीरेले खादा ओढाइ सम्मान गरेका थिए ।

कार्यक्रममा कमला प्रसाइ, अनेसास पुर्वकोषाध्यक्ष तथा एन एण्ड.जे की अध्यक्ष, भारतीय अमेरीकन लेखक बेला क्वादीर, फाउण्डेशनका उपसभापति सुवर्ण लामा, केन्द्रीय सदस्य तथा नेपालि मुभि प्रड्युसर प्रेम पौडेल, फाउण्डेशनकै मानार्थ सदस्यद्वय सान्त रिसाल र सान्तबहादुर मगर, सबिता सीहं सिलवाल पुर्व केन्द्रीय सदस्य नेपाल तरुण दल, रतन लामा अध्यक्ष वर्ल्ड बुद्वीष्ट फेडेरेसन, वाल कवि कविन विक्रम शाह, नेपाली अमेरीकन कलाकार सघंका पुर्वमहासचीव अभय ढुङ्गेल, डेमोक्र्याटिक पार्टीका युवा नेता क्रीस्टोफर डेसुजहरुको उपस्थिति थियो।

यस साहित्यिक बिचार, बिमर्ष र भेटघाट कार्यक्रम मा सम्माननीय अतिथी अन्तराष्ट्रीय नेपाली साहित्य समाज का अध्यक्ष राधेश्याम लेकालीले गीरीजा वावुको ९६ औँ जन्मदीन पनि मनाउने अवसर फाउण्डेसनले जुराइ दिएकोमा भाग्यमानी ठानेको भन्दै गीरीजा वावुको एतिहासीक राजनीतिक यात्रा विराटनगरवाट मजदुर आन्दोलन हुदै नेपाली काग्रेस पार्टी सभापति र देशकै उच्च अहोदा प्रधानमन्त्री, त्यो पनी ४ पटक भएको इतिहास हामी माझ ताजै रहेको धारणा व्यक्त गरे । साथै माओवादीको १० वर्षे द्वन्दलाई गृहयुद्ववाट बचाएर १२ वुँदे शान्ती सम्झौंता गरेर देशमा एउटा उदारणीय कार्य गरेको एकमात्र राष्ट्रिय नेता गिरिजा वावु भएको बताए । उनी जस्तो देशभक्त नेताको आज पनी खाँचो रहेको उल्लेख गरे । अध्यझ लेकालीले उपस्थित महानुभावहरुलाई कविता र सायरी सुनाइ मनोरन्जन पनि गराए । कार्यक्रममा सम्माननीय अतिथी अन्तराष्ट्रीय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी की अध्यक्ष गीता खत्रीले स्व. गिरिजाप्रसाद कोइराला एक असल देशप्रेमी, विकासप्रेमी र शान्तिप्रिय नेता भएको उल्लेख गर्दै सबैको मन छुने गीत गाएर माहोल तताएकी थिइन् ।

गायक अभय ढुङ्गेलले आफ्नै गीत गाएर सबैलाई भावुक बनाए । लेखक वेला कादिरले उर्दु सायरी सुनाइ सबैलाइ मनमोहक बनाउदै आफुले लेखेको पुस्तक वारे प्रष्ट्याएका थिए । डेमोक्र्याटिक पार्टीका युवा नेता क्रीस्टोफर डेसुजले जुलाई ४ कै सम्बन्धित अग्रेंजी गाना ूअमेरीकाुु बजाएर सुनाएका थिए ।

अन्त्यमा यसै फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले सबै उपस्थित महानुभावहरुलाई जुलाइ ४ को शुभकामना दिदै, यस्तो व्यस्तताको वावजुद र छोटो समयको निमन्त्रणा स्वीकारेर उपस्थित भइ कार्यक्रमको शोभा बढाइँ दिएको भन्दै सबैमा आभा व्यक्त गरे । उनले युगपुरुष प्रणेता स्व. गिरिजा प्रसाद कोइराला मजदुर, किसान, व्यवसायी, शिक्षक, विद्यार्थी, दलित, आदिवासी, जनजाति, सबै वर्ग र समुदायका साझा नेता भएको र उनकको सपनालाई पूरा गर्न उनले दिएको तिनमन्त्र सहमति, सहकार्य र एकताको अझै खाँचो रहेको औँल्याए।

युग पुरुष स्व गिरिजा प्रसाद कोइरालाको नाममा फाउण्डेशन स्थापित गरेर गिरिजा वावुको योगदानलाई देश विदेशसम्म चिनाउँदै अघि बढेकोमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष माननिय सुजता कोइरालालाई पनि धन्यवाद प्रकट गरे ।

वि.सं.२०७६ असार २१ शनिवार १७:१६ मा प्रकाशित

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...