back

जिपी फाउण्डेसनद्वारा साहित्यक विचार विमर्श कार्यक्रम सम्पन्न

वि.सं.२०७६ असार २१ शनिवार

420 

shares
GLOBAL IME AD
NTC AD

गिरिजाप्रसाद कोइराला फाउण्डेशन(जिपी कोइराला फाउण्डेशन)  अमेरिकाले न्युयार्कस्थित कार्यालयमा अमेरिकी स्वतन्त्रता दिबस जुलाई ४ तारिखको उपलक्ष्यमा साहित्यिक बिचार बिमर्श र भेटघाट कार्यक्रमको आयोजना गर्यो।

उक्त कार्यक्रमका सम्मानीय अतिथि श्रीमान गीता खत्री, अध्यक्ष, बि.ओ.टि अनेसास केन्द्र र राधेश्याम लेकाली अध्यक्ष, अनेसास केन्द्रद्वयलार्इ स्वागत गरिएको थियो । साथै उनीहरुको उपस्थितिले हामीलाई थप हौसला र प्रोत्साहन प्रदान गरेको छ। फाउण्डेसनका केन्द्रीय सदस्य श्याम कार्कीले उपस्थित सबै महानुभावहरुलाइ स्वागत गरेका थिए भने अध्यक्ष सोमनाथ घिमीरेले खादा ओढाइ सम्मान गरेका थिए ।

कार्यक्रममा कमला प्रसाइ, अनेसास पुर्वकोषाध्यक्ष तथा एन एण्ड.जे की अध्यक्ष, भारतीय अमेरीकन लेखक बेला क्वादीर, फाउण्डेशनका उपसभापति सुवर्ण लामा, केन्द्रीय सदस्य तथा नेपालि मुभि प्रड्युसर प्रेम पौडेल, फाउण्डेशनकै मानार्थ सदस्यद्वय सान्त रिसाल र सान्तबहादुर मगर, सबिता सीहं सिलवाल पुर्व केन्द्रीय सदस्य नेपाल तरुण दल, रतन लामा अध्यक्ष वर्ल्ड बुद्वीष्ट फेडेरेसन, वाल कवि कविन विक्रम शाह, नेपाली अमेरीकन कलाकार सघंका पुर्वमहासचीव अभय ढुङ्गेल, डेमोक्र्याटिक पार्टीका युवा नेता क्रीस्टोफर डेसुजहरुको उपस्थिति थियो।

यस साहित्यिक बिचार, बिमर्ष र भेटघाट कार्यक्रम मा सम्माननीय अतिथी अन्तराष्ट्रीय नेपाली साहित्य समाज का अध्यक्ष राधेश्याम लेकालीले गीरीजा वावुको ९६ औँ जन्मदीन पनि मनाउने अवसर फाउण्डेसनले जुराइ दिएकोमा भाग्यमानी ठानेको भन्दै गीरीजा वावुको एतिहासीक राजनीतिक यात्रा विराटनगरवाट मजदुर आन्दोलन हुदै नेपाली काग्रेस पार्टी सभापति र देशकै उच्च अहोदा प्रधानमन्त्री, त्यो पनी ४ पटक भएको इतिहास हामी माझ ताजै रहेको धारणा व्यक्त गरे । साथै माओवादीको १० वर्षे द्वन्दलाई गृहयुद्ववाट बचाएर १२ वुँदे शान्ती सम्झौंता गरेर देशमा एउटा उदारणीय कार्य गरेको एकमात्र राष्ट्रिय नेता गिरिजा वावु भएको बताए । उनी जस्तो देशभक्त नेताको आज पनी खाँचो रहेको उल्लेख गरे । अध्यझ लेकालीले उपस्थित महानुभावहरुलाई कविता र सायरी सुनाइ मनोरन्जन पनि गराए । कार्यक्रममा सम्माननीय अतिथी अन्तराष्ट्रीय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी की अध्यक्ष गीता खत्रीले स्व. गिरिजाप्रसाद कोइराला एक असल देशप्रेमी, विकासप्रेमी र शान्तिप्रिय नेता भएको उल्लेख गर्दै सबैको मन छुने गीत गाएर माहोल तताएकी थिइन् ।

गायक अभय ढुङ्गेलले आफ्नै गीत गाएर सबैलाई भावुक बनाए । लेखक वेला कादिरले उर्दु सायरी सुनाइ सबैलाइ मनमोहक बनाउदै आफुले लेखेको पुस्तक वारे प्रष्ट्याएका थिए । डेमोक्र्याटिक पार्टीका युवा नेता क्रीस्टोफर डेसुजले जुलाई ४ कै सम्बन्धित अग्रेंजी गाना ूअमेरीकाुु बजाएर सुनाएका थिए ।

अन्त्यमा यसै फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले सबै उपस्थित महानुभावहरुलाई जुलाइ ४ को शुभकामना दिदै, यस्तो व्यस्तताको वावजुद र छोटो समयको निमन्त्रणा स्वीकारेर उपस्थित भइ कार्यक्रमको शोभा बढाइँ दिएको भन्दै सबैमा आभा व्यक्त गरे । उनले युगपुरुष प्रणेता स्व. गिरिजा प्रसाद कोइराला मजदुर, किसान, व्यवसायी, शिक्षक, विद्यार्थी, दलित, आदिवासी, जनजाति, सबै वर्ग र समुदायका साझा नेता भएको र उनकको सपनालाई पूरा गर्न उनले दिएको तिनमन्त्र सहमति, सहकार्य र एकताको अझै खाँचो रहेको औँल्याए।

युग पुरुष स्व गिरिजा प्रसाद कोइरालाको नाममा फाउण्डेशन स्थापित गरेर गिरिजा वावुको योगदानलाई देश विदेशसम्म चिनाउँदै अघि बढेकोमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष माननिय सुजता कोइरालालाई पनि धन्यवाद प्रकट गरे ।

वि.सं.२०७६ असार २१ शनिवार १७:१६ मा प्रकाशित

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित...

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका...

यी हुन् एनआरएनएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको निष्कर्षहरू

यी हुन् एनआरएनएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको निष्कर्षहरू

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज्...

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

अमेरिका । युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा )...

बाना अध्यक्षमा प्रभु थापा निर्वाचित

बाना अध्यक्षमा प्रभु थापा निर्वाचित

अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको नेपालीहरुको पुरानो संस्था "बाल्टिमोर एसोसिएसन अफ...

अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार मनाइँदै

अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार मनाइँदै

अमेरिका । अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार...