back
CTIZAN AD

जिससलाई बेरुजु फछ्र्यौट पठाउन मन्त्रालयको निर्देशन

वि.सं.२०७६ असार २१ शनिवार

885 

shares

२१ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जिल्लाका जिल्ला समन्वय समितिलाई वेरुजु रकम फछ्र्यौटको विवरण पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौड्यालले आर्थिक वर्ष २०६९÷७० को तत्कालीन १८ वटा जिल्ला विकास समितिको बेरुजु रकम फछ्र्यौट अहिलेसम्म नगरेकोले फछ्र्यौट गरी पठाउन निर्देशन दिएको बताए ।

बाँके, कैलाली, गुल्मी, कालीकोट, डडेल्धुरा, बैतडी, धादिङ, अर्घाखाँची, रुपन्देही, काठमाडौँ, मुगु, सुर्खेत, धनुषा, उदयपुर, सङ्खुवासभा, महोत्तरी, दैलेख र जाजरकोट जिल्ला समन्वय समितिलाई तत्कालीन समितिको बेरुजु रकम फछ्र्यौट गरी पठाउन मन्त्रालयले निर्देशन दिएको हो ।

तत्कालीन जिल्ला विकास समितिले बिल भरपाई बिना नै रु १७ करोड ३० लाख खर्च गरेका थिए । आर्थिक वर्ष २०६९-७० को महालेखा परीक्षकको ५० औ वार्षिक प्रतिवेदनमा उक्त बेरुजु रकम उल्लेख गरिएको थियो ।

अहिलेसम्म पनि ती रकम साविक जिल्ला विकास समितिले कुन कुन शीर्षकमा कसरी खर्च गरेको हो ? सो मध्ये कति बेरुजु असुलउपर भयो के कति रकम सम्परीक्षण भई फछ्र्यौट भयो भन्ने जानकारी अहिलेसम्म मन्त्रालयलाई नदिएकाले पठाउन निर्देशन दिएको उनले बताए ।

वि.सं.२०७६ असार २१ शनिवार १८:०३ मा प्रकाशित

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...