back

जिससलाई बेरुजु फछ्र्यौट पठाउन मन्त्रालयको निर्देशन

वि.सं.२०७६ असार २१ शनिवार

657 

shares

२१ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जिल्लाका जिल्ला समन्वय समितिलाई वेरुजु रकम फछ्र्यौटको विवरण पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौड्यालले आर्थिक वर्ष २०६९÷७० को तत्कालीन १८ वटा जिल्ला विकास समितिको बेरुजु रकम फछ्र्यौट अहिलेसम्म नगरेकोले फछ्र्यौट गरी पठाउन निर्देशन दिएको बताए ।

बाँके, कैलाली, गुल्मी, कालीकोट, डडेल्धुरा, बैतडी, धादिङ, अर्घाखाँची, रुपन्देही, काठमाडौँ, मुगु, सुर्खेत, धनुषा, उदयपुर, सङ्खुवासभा, महोत्तरी, दैलेख र जाजरकोट जिल्ला समन्वय समितिलाई तत्कालीन समितिको बेरुजु रकम फछ्र्यौट गरी पठाउन मन्त्रालयले निर्देशन दिएको हो ।

तत्कालीन जिल्ला विकास समितिले बिल भरपाई बिना नै रु १७ करोड ३० लाख खर्च गरेका थिए । आर्थिक वर्ष २०६९-७० को महालेखा परीक्षकको ५० औ वार्षिक प्रतिवेदनमा उक्त बेरुजु रकम उल्लेख गरिएको थियो ।

अहिलेसम्म पनि ती रकम साविक जिल्ला विकास समितिले कुन कुन शीर्षकमा कसरी खर्च गरेको हो ? सो मध्ये कति बेरुजु असुलउपर भयो के कति रकम सम्परीक्षण भई फछ्र्यौट भयो भन्ने जानकारी अहिलेसम्म मन्त्रालयलाई नदिएकाले पठाउन निर्देशन दिएको उनले बताए ।

वि.सं.२०७६ असार २१ शनिवार १८:०३ मा प्रकाशित

Himalayan Life AD
विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । गत कार्तिक २३ गते नेपालको पहिलो बैंक नेपाल...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा...

सिटिजन्स बैंक र एकता बुक्स बीच समझदारी

सिटिजन्स बैंक र एकता बुक्स बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौं स्थित...