back
CTIZAN AD

प्रतिबन्धितहरूको प्रश्न !

वि.सं.२०७६ असार २१ शनिवार

915 

shares

 

तिम्रो घरको आँगनमा
जुन फूल फुल्न बन्देज छ
त्यही फूल हुँ म त्यही फूल हुँ !

थरि थरिका फूलहरू
फुल्छन तिम्रा आँगनमा
थरि थरिका बतासहरू
डुल्छन दिलका मझेरीमा
थरि थरिका रङहरू
घुल्छन तिम्रो इन्द्रेणीमा
थरि थरिका ओठहरू
खुल्छन तिम्रा नजिकमा

तिम्रो घरको आँगनमा
जुन फूल फुल्न बन्देज छ
त्यही फूल हुँ म त्यही फूल हुँ !

तिम्रो देशको इन्द्रेणीमा
जुन रङ्ग घुल्न बन्देज छ
त्यही रङ्ग हुँ म त्यही रङ्ग हुँ !

तिम्रो दिलको मझेरीमा
जुन हावा डुल्न बन्देज छ
त्यही हावा हुँ म त्यही हावा हुँ !

तिम्रो मनको मन्दिरमा
जुन ओठ खुल्न बन्देज छ
त्यही ओठ हुँ म त्यही ओठ हुँ !

ओ मान्छे, मान्छे, ओ मान्छे !
यौटा फूल नफुलेर
तिम्रो फूलबारी अपूर्ण छ
यौटा रङ नघुलेर
तिम्रो इन्द्रेणी अधुरो छ
त्यही यौटा बतास नडुल्दा
दिलको मझेरी अतृप्त छ
त्यै यौटा ओठ नखुलेर
तिम्रो मन-मन्दिर अँध्यारो छ !

ओ मान्छे, मान्छे, ओ मान्छे !
मैले मेरा फूलहरूको
छुट्टै फूलबारी बनाए के हुन्छ ?
मैले मेरा रङहरूको
बेग्लै इन्द्रेणी रचे के हुन्छ ?
मैले मेरा बतासहरूको
छुट्टै संसार सोचे के हुन्छ ?
मैले मेरा ओठहरूको
छुट्टै मुस्कान खोले के हुन्छ ?

मान्छे , मान्छे , ओ मान्छे
तिमीले जसरी मैले पनि
आफ्नै वारे सोचे के हुन्छ ?

२०७६|०३|२१
भक्तपुर

वि.सं.२०७६ असार २१ शनिवार १९:०९ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...