back

सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाइने

वि.सं.२०७६ असार २१ शनिवार

522 

shares
GLOBAL IME AD
NTC AD

२१ असार । तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित तीन सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउन लागिएको छ । डिभिजन वन कार्यालय तनहुँले मल्याङ, कवादी र सालडाँडा सामुदायिक वन क्षेत्रलाई समेटदै तेजपातको पकेट क्षेत्र बनाउन लागेको हो ।

बिना लगानी, थोरै मेहनत र छोटो अवधिमा राम्रो आम्दानी हुने भएकोले सामुदायिक वनलाई सवल र आत्मनिर्भर बनाउने उद्देश्यले यस क्षेत्रमा खाली रहेको जग्गामा तेजपात रोपेर पकेटक्षेत्र बनाउन लागिएको डिभिजन वन कार्यालय तनहुँका सहायक अधिकृत बाबुराम उप्रेतीले बर्ताए ।

गत वर्ष ११ हेक्टर क्षेत्रफलमा १७ हजार पाँच सय तेजपातको बिरुवा रोपिसकिएको डिभिजन वनका सहायक अधिकृत उप्रेतीले जानकारी दिए । “तेजपातको पकेट क्षेत्र बनाउने उद्देश्यअनुरुप यसवर्ष १० हेक्टर क्षेत्रफलमा १६ हजार बिरुवा लगाउने योजना रहेको छ”, उनले भो । तेजपातबाट हुने आम्दानी तीन वटै सामुदायिक वनले उपभोग गदै शतप्रतिशत आयआर्जन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

वन कार्यालयले आफ्नै नर्सरीमा तयार गरेको तेजपातको बिरुवा सामुदायिक वनलाई प्रदान गरेको छ । साथै त्यसको उचित संरक्षण र संवद्र्धन गर्ने अधिकार पनि सामुदायिक वनलाई नै प्रदान गरिएको छ ।

एउटा तेजपातको बिरुवाको बजार मूल्य रु १० पर्ने भए पनि डिभिजनले निःशुल्क रुपमा उपलव्ध गराएको छ । उत्पादन भएका तेजपातको कच्चा पदार्थलाई प्रशोधन गर्न शुक्लागण्डकी नगरपालिकामा रु २० लाखको लागतमा ‘प्रोसेसिङ युनिट मेसिन’ ल्याएर जडान गर्ने काम शुरु भइरहेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।

तीनदेखि चार वर्षको अवधिमा तेजपातको उत्पादन हुने भएकाले यसको कच्चा पदार्थ प्रशोधनको लागि नगरपालिकास्थित कृषि सहकारी संस्थाले चासो देखाएको वन कार्यालयले जनाएको छ ।

उक्त सहकारीले समेत व्यावसायिक रुपमा तेजपात लगाएको छ । डिभिजन प्रमुख बरालका अनुसार सहकारी र सामुदायिक वनमा उत्पादन भएको तेजपात किनेर ‘प्लान्ट’ निर्माण गर्ने योजना बनाएको छ । प्रशोधित तेजपात जर्मन, इटली र स्वदेशका विभिन्न जडीबुटी कम्पनीमा माग रहेकोले बिक्रीको चिन्ता नरहेको बताइएको छ । साथै सहज रुपमा बाह्य मुलुकमा समेत निर्यात गर्न सकिने व्यवस्था गरिने जनाइएको छ ।

वि.सं.२०७६ असार २१ शनिवार १९:१३ मा प्रकाशित

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

कलैया (बारा) । यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई...

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

वाशिङ्गटन । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...