back
CTIZAN AD

सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाइने

वि.सं.२०७६ असार २१ शनिवार

1.4K 

shares

२१ असार । तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित तीन सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउन लागिएको छ । डिभिजन वन कार्यालय तनहुँले मल्याङ, कवादी र सालडाँडा सामुदायिक वन क्षेत्रलाई समेटदै तेजपातको पकेट क्षेत्र बनाउन लागेको हो ।

बिना लगानी, थोरै मेहनत र छोटो अवधिमा राम्रो आम्दानी हुने भएकोले सामुदायिक वनलाई सवल र आत्मनिर्भर बनाउने उद्देश्यले यस क्षेत्रमा खाली रहेको जग्गामा तेजपात रोपेर पकेटक्षेत्र बनाउन लागिएको डिभिजन वन कार्यालय तनहुँका सहायक अधिकृत बाबुराम उप्रेतीले बर्ताए ।

गत वर्ष ११ हेक्टर क्षेत्रफलमा १७ हजार पाँच सय तेजपातको बिरुवा रोपिसकिएको डिभिजन वनका सहायक अधिकृत उप्रेतीले जानकारी दिए । “तेजपातको पकेट क्षेत्र बनाउने उद्देश्यअनुरुप यसवर्ष १० हेक्टर क्षेत्रफलमा १६ हजार बिरुवा लगाउने योजना रहेको छ”, उनले भो । तेजपातबाट हुने आम्दानी तीन वटै सामुदायिक वनले उपभोग गदै शतप्रतिशत आयआर्जन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

वन कार्यालयले आफ्नै नर्सरीमा तयार गरेको तेजपातको बिरुवा सामुदायिक वनलाई प्रदान गरेको छ । साथै त्यसको उचित संरक्षण र संवद्र्धन गर्ने अधिकार पनि सामुदायिक वनलाई नै प्रदान गरिएको छ ।

एउटा तेजपातको बिरुवाको बजार मूल्य रु १० पर्ने भए पनि डिभिजनले निःशुल्क रुपमा उपलव्ध गराएको छ । उत्पादन भएका तेजपातको कच्चा पदार्थलाई प्रशोधन गर्न शुक्लागण्डकी नगरपालिकामा रु २० लाखको लागतमा ‘प्रोसेसिङ युनिट मेसिन’ ल्याएर जडान गर्ने काम शुरु भइरहेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।

तीनदेखि चार वर्षको अवधिमा तेजपातको उत्पादन हुने भएकाले यसको कच्चा पदार्थ प्रशोधनको लागि नगरपालिकास्थित कृषि सहकारी संस्थाले चासो देखाएको वन कार्यालयले जनाएको छ ।

उक्त सहकारीले समेत व्यावसायिक रुपमा तेजपात लगाएको छ । डिभिजन प्रमुख बरालका अनुसार सहकारी र सामुदायिक वनमा उत्पादन भएको तेजपात किनेर ‘प्लान्ट’ निर्माण गर्ने योजना बनाएको छ । प्रशोधित तेजपात जर्मन, इटली र स्वदेशका विभिन्न जडीबुटी कम्पनीमा माग रहेकोले बिक्रीको चिन्ता नरहेको बताइएको छ । साथै सहज रुपमा बाह्य मुलुकमा समेत निर्यात गर्न सकिने व्यवस्था गरिने जनाइएको छ ।

वि.सं.२०७६ असार २१ शनिवार १९:१३ मा प्रकाशित

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...