back
CTIZAN AD

अष्ट ज अभियानले सोमबार मण्डलामा प्रदर्शन गर्दै

वि.सं.२०७६ असार २२ आइतवार

1.3K 

shares

२२ असार । सरकारले विषादी परीक्षण नगराई भारतीय तरकारी तथा फलफूल नेपाल प्रवेश गर्न नदिने भनि गरेको यसअघिको निर्णयलाई फिर्ता लिएको सन्दर्भमा अष्ट ज अभियान नेपालले सरकारलाई दबाब दिने उद्देश्यले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।

नेपाली जनताको स्वास्थय र आम भावनालाई सम्मान गर्दै विषादी निरीक्षण व्यवस्थाको माग तथा उत्पादनमैत्री वातावरणको व्यवस्थाको निर्माणका लागि २०७६ असार २३ गते सोमबार ५ गते अपरान्ह ५ बजे माइतीघर मण्डलामा प्रर्दशन आयोजना गरिएको अभियानले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।

परीक्षण बिना नेपाल प्रवेश नगराइने व्यवस्थाका लागि प्रत्येक भन्सारमा क्यारेन्टाइन र जीवनाशक विषादी अवषेश परीक्षण अनिवार्य गर्ने भनि राजपत्रमै सूचना प्रकाशित गरेर पनि प्रयोगशालाको उचित व्यवस्थापन हुन नसकेका कारण देखाउँदै सरकार आफ्नै निर्णयबाट पछि हटेपछि सरकारलाई दबाब दिन अभियानले प्रर्दशनको कार्यक्रम राखेको जनाएको छ ।

सूचनालाई लत्याएर सरकारले अर्को गलत निर्णय गरेको भन्दै अभियानले दुःखसमेत व्यक्त गरेको छ । साथै ‘मानव स्वास्थयमा पर्ने गम्भीर असर, उत्पादनमार्फत आत्मनिर्भरता र स्वाधीनताको प्रतिबद्धता एवम् आम जनसमुदायको भावनालाई सम्मान गर्दै तत्काल पूर्वाधार तयार गरी विषादी निरीक्षण गर्ने व्यवस्था गरियोस् भन्ने जोडदार माग गर्दछौँ’ विज्ञप्तीमा भनिएको छ ।

अभियानले उक्त प्रर्दशनमा सहभागि हुन अष्ट ज अभियानका अभियन्ता, उपभोक्ता तथा आम सरोकारवालाहरुलाई हार्दिक अपिल गरेको छ ।

वि.सं.२०७६ असार २२ आइतवार १५:२५ मा प्रकाशित

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...