back
CTIZAN AD

अरुलाई दायरामा ल्याउने प्रहरी आफैँ पवित्र बन्नुपर्छ – महानिरीक्षक खनाल

वि.सं.२०७६ असार २३ सोमवार

1.4K 

shares

२३ असार, दमौली । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अरूलाई कानूनको दायरामा ल्याउने प्रहरी आफैँ पवित्र बन्नुपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–६ टुहुरेपसलमा निर्माण हुन लागेको प्रहरी चौकी भवनको आइतबार शिलान्यास गर्दै उनले जनताको माया र सद्भाव पाउन प्रहरीले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

प्रहरीले आफ्नो व्यवहार, शिष्टता र इमानदारिता प्रदर्शन गर्नुपर्ने महानिरीक्षक खनालले बताए । “नेपाल प्रहरी जस्तो पवित्र सङ्गठनमा बसेर प्रहरी आफैँ पवित्र हुनुपर्छ, आफँै रोलमोडल हुनुपर्छ, अरूलाई कानूनको दायरामा ल्याउने प्रहरी पहिला आफँै ठीक हुनुपर्छ”, उनले भने । प्रहरीले इमानदार भएर काम गरे मात्रै नेपाल सरकारले अगाडि सारेका कार्यक्रमले सार्थकता पाउने उनको भनाइ थियो ।

अपराध र अपराधी तह लगाउने प्रहरीको काम भए पनि समाजमा आपराधिक घटना नघटोस् भन्ने प्रहरीको एक मात्र चाहना रहेको महानिरीक्षक खनालले उल्लेख गरे । समुदाय र प्रहरी साझेदारीमार्फत समाजका विकृति र विसङ्गति अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । खनालले भने, “प्रहरीलाई छुट्टै रूपमा हेर्ने दृष्टिकोण त्याग्नुपर्छ, प्रहरी जनताका लागि हो भन्ने भावना विकास गर्न जरुरी छ ।”

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, प्रजिअ रुद्रप्रसाद पण्डित तथा नेपाल प्रहरी गण्डकी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले प्रहरी र जनताबीच हातेमालो हुनुपर्ने बताए । विसं २०७७ असार १९ गतेसम्म सम्पन्न गर्ने गरी भवन निर्माण अघि बढाइएको हो । रु एक करोड २३ लाख ३७ हजारको लागतमा भवन निर्माण गर्न लागिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

यसैबीच महानिरीक्षक खनालले आइबारै तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुमा समेत प्रहरी चौकी भवनको शिलान्यास गरे । उक्त भवन रु एक करोड ५७ लाखको लागतमा निर्माण हुन लागेको हो । (रासस)

वि.सं.२०७६ असार २३ सोमवार ०८:०१ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...