back
CTIZAN AD

महाधिबेशनलाई लिएर कांग्रेसमा झनै चर्कियो विवाद

वि.सं.२०७६ असार २३ सोमवार

1K 

shares

२३ असार, काठमाण्डौं । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको किचलो झनै चर्किने देखिएको छ । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा विवाद भएपछि ६ घण्टा ढिलो सुरु भएको बैठक असार २७ गते सम्मका लागि स्थगित भएको छ ।
इतिहासमै सबैभन्दा निम्छरो अवस्थाबाट पार्टी गुज्रिएपनि पार्टीभित्रका कमजोरी मुल्याङ्कन गरेर अगाडि बढ्नुको साटो काङ्ग्रेस झन–झन गुटको सिकार बन्दै गएको छ ।

१३ औँ महाधिवेशनमा छुट्टै गुट बनाएर सभापति सहित विभिन्न पदमा उमेद्वारी दिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहले आर्जन गर्ने रणनीति अख्तियार गरेसँगै पार्टीभित्र किचलो बढेको काङ्ग्रेस निकट बुद्धिजीवीहरु बताउँछन् ।

एकातिर पार्टी सभापति शेरबहादुर देउवाको समयावधी लम्ब्याउने चाहना र अर्कोतिर देउवा वा रामचन्द्र पौडेल जसलाई सहयोग गरेपनि सक्तिकै लागि खेल्ने सिटौला प्रवृत्तिको सिकार अहिले काङ्ग्र्ेस भइरहेको छ ।

सभापती देउवा महाधिवेशन मिति तोक्ने विषयबाट भाग्न खोजिरहेका छन् । गैर संस्थापनमा रहेका पौडेल र सिटौला अहिले आफ्नो तुलो गहौं भएकोमा ढुक्क छन् । यसकारण पौडेल र सिटौला प्रदेश समिति, पालिका समिति, प्रदेश क्षेत्रिय समिति जस्ता नयाँ संरचनामा निर्वाचनबाटै नेतृत्व स्थापित गर्ने आसमा छन् । उनीहरुको समूह ५ वटा प्रदेश र अधिकांश पालिकामा आफ्नो वर्चस्व स्थापित हुनेमा ढुक्क छ ।
यता संस्थापन समूह आगामी फगुन सम्म हुनुपर्ने १४ औं महाधिवेशनलाई एक वर्ष उता धकेल्ने र नयाँ समितिलाई आफ्नो बर्चश्व सहित भागबण्डाबाट पूर्णता दिने तयारीमा छ ।

देउवाको दाउ
सभापती देउवा गैर संस्थापन समूहलाई थकाउने र फकाउने रणनीतिमा छन् । अहिले पौडेल र सिटौला मिलेको समयमा आफ्नो समूह कमजोर हुने भएकाले देउवा पार्टी नियमावली र संक्रमणकालीन व्यवस्था अनुसार संरचनाहरु गठन पछि १४ औँ महाधिवेशनको प्रक्रिया पूरा गर्नुपर्ने अडानमा छन् ।
नयाँ संरचनाहरुमा आफ्नो समूह ६० प्रतिशत, पौडेल समूह २५ प्रतिशत र सिटौलासमूह १५ प्रतिशत नेतृत्व हुने गरी संक्रमणकालीन व्यवस्था कायम गर्ने धुनमा देउवा रहेका छन् । देउवाले सिटौला समूहलाई अवसरवादी झुण्ड भनेपनि अन्तत सिटौला नै अप्ठ्यारोको सारथी बन्न सक्ने भएकोले उनीप्रति नरम बन्ने रणनीति अख्तियार गरेको देउवा निकट नेताहरुले बताउने गरेका छन् ।

संस्थापन पक्ष कुनैपनि हालतमा आगामि फागुनमा १४ औँ महाधिवेशन गर्ने मुडमै छैन । देउवाले संविधानले दिएको ५ वर्षे कार्यकाल सहजै लम्ब्याउने तयारी गरिरहेका छन् । त्यसमाथि पनि संक्रमणकालीन व्यवस्थाको ६ महिना पनि थपेपछि बल्ल महाधिवेशन गर्ने तयारी देउवाको छ । यसका पछाडि देउवाको नजिक त्यसबीचमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउने र त्यसैलाई देखाएर पार्टीमा स्थापित हुने रहेको छ ।

पौडेलको पोको

वरिष्ठ नेता पौडेल पनि कम चलाख छैनन् । सन्त नेता कृष्ण प्रसाद भट्टराईबाट काम्लो ओडेर घिउ खाने बाहुनको उपाधी पाएका पौडेल अहिल्यै फलाम तातेको समयमा हिर्काई छाड्ने अभियानमा छन् । रात रहे अग्राख पलाउन सक्छ भन्ने बुझेका पौडेल जति छिटो महाधिवेशन भयो त्यतिनै आफूले शक्ति आर्जन गर्न सकिने बुझाईमा छन् । पौडेललाई लामो समयसम्म कोइराला खान्दानलाई रिझाई राख्न अप्ठ्यारो छ । हलो अड्काएर गोरु चुट्न माहीर सिटौला लामो समय सम्म पौडेलकै पक्षमा रहन्छन् भन्ने पनि नभएको पौडेलको बुझाई छ ।

उता स्वर्गीय नेता खुमबहादुर खड्का समर्थक र काङ्ग्रेसभित्रको पुरातन समुहलाई पनि समेट्न अहिले जस्तो सहज भविष्यमा नहुने पौडेल समुहले आंकलन गरिसकेको छ । यसकारण नै पौडेलले असार २२ को बैठकमै ०७६ कार्तिकसम्म महाधिवेशन सम्पन्न गरी सक्ने ऐजेन्डा प्रस्तुत गरेका छन् । ०७७ सालको चैत्रमा स्थानिय निर्वाचन हुने भएकोले ०७६ भित्रै महाधिवेशन गनृुपर्ने पौडेलको तर्क छ । पौडेलले क्यालेन्डरकै पोको फुकाएर महाधीवेशन समयमै गर्नुपर्ने तर्क राखेका छन् ।

सिटौलाको सुुसेली
पूर्वमहामन्त्री सिटौला देउवाको भागबाट पोखिएको घिउ होस् वा पौडेलको भागबाट पोखिएको आफ्नै भागमा खसोस् भन्ने चाहन्छन् । यसैले एकातिर पौडेलसँग मिलेर समयमै महाधिवेशन दवाव दिन सिटौला अगाडि सर्छन् । त्यस्तै नयाँ संरचनामा सिटौला देउवासँग नजिक छन् । देउवाले प्रस्ताव गरेको संक्रमणकालीन व्यवस्था अनुसार नयाँ संरचनामा भागवण्डा गरेर अगाडि बढ्ने प्रस्तावमा सिटौला सकारात्मक छन् । सिटौलाको यहि दोहोरो चालका कारण काङ्ग्रेस भित्र सिटौलाको सुसेली बुझ्न कठिन भएको भन्नेहरु बढ्न थालेका छन् ।

वि.सं.२०७६ असार २३ सोमवार १३:३८ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...