back
CTIZAN AD

नेपाल भ्रमण वर्ष २०२०’ मनाउन ओमानका नेपालीको भूमिका कस्तो हुने ?

वि.सं.२०७६ असार २३ सोमवार

1.1K 

shares

२३ असार, ओमान । ओमानस्थित नेपाली दूतावासको आयोजनामा ०५ जुलाई २०१९ मा ‘नेपाल भ्रमण वर्ष २०२०’ को लागि ‘पर्यटन प्रबर्द्धनमा खाडी मुलुकमा रहेका नेपाली समुदायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

दूतावासको प्रांगणमा आयोजित कार्यक्रममा ओमान र नेपालको राष्ट्रिय गानसँगै कार्यक्रम सुरु गरिएको थियो । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र प्रमुख अतिथि नादिरा अल हाथीले संयुक्तरूपमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

अतिथिहरूको स्वागत गर्दै श्रम सहचारी कृष्णकुमारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा ओमानी नागरिक नादिरालाई बधाई ज्ञापन गरेकी थिइन् । साथै नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पर्यटन प्रबर्द्धनका लागि सरकारको नीति बारे पनि प्रकाश पारेकी थिइन् ।

उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित नेपाली समुदायले पर्यटन प्रबर्द्धनको सन्दर्भमा विभिन्न धारणाहरू राखेका थिए । उपस्थितमध्ये केहीले ओमानको सडक छेउमा होर्डिङ बोर्ड राख्न, सार्वजनिक यातायातमा विज्ञापन राख्न, ओमानी र अङ्ग्रेजी भाषामा लेखिएका ब्रोसर र पर्चाहरू वितरण गर्न, मस्कट महोत्सव र ओमानका अन्य पर्यटन प्रबर्द्धनका कार्यक्रममा सहभागी हुन, नेपाली पर्यटन सम्बन्धी लेखहरूका लागि ओमानी पत्रकारलाई स्पन्सोर गरि नेपाल भ्रमण गराउन, ओमानका ट्राभल एजेन्सीहरूसँग सहकार्य गरि नेपाल टुर प्याकेज बनाउन, ओमानमा कार्यरत प्रत्येक नेपालीले कम्तिमा दुईदेखि तीनजना ओमानी नागरिकलाई नेपाल भ्रमणको लागि आह्वान गर्ने लगायतका सुभावहरू राखेका थिए ।

कार्यक्रममा राजदूत ढकालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो ओमानी महिला नादिरा अल हार्थीलाई कदर–पत्र प्रदान गरेकी थिइन् । सगरमाथा आरोहणमा दुई वर्षको लगातार मेहनतको स्मरण गर्दै अल हार्थीले विश्वको सर्वाेच्च शिखरमा पाईला टेक्दाको अनुभव सनाएकी थिइन् ।

ओमानका पर्वतारोही विद्यार्थीका लागि शेर्पाहरूलाई प्रशिक्षकको रूपमा ओमान ल्याउन सकेको खण्डमा ठूलो सहकार्य हुनसक्ने सुझाव उनले राखेकी थिइन् थियो । आफ्नो मिसनको दौरानमा अमुल्य सहयोग र सहकार्य गरेकोमा महामहिम राजदूतज्यू, दूतावास र नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरिन् । ओमानमा रहेको नेपाली समुदायले पनि अल हार्थीको सफलताको कदर गर्दै नेपाली हस्तकला, खादा र खुकुरी प्रदान गरेको थियो ।

सोहि अवसरमा राजदूत ढकालले अल हाथीको सफल प्रयासको लागि बधाई दिंदै ओमानमा नेपालको पर्यटन प्रवर्द्धनमा नेपाली समुदायको महत्वपूर्ण भूमिका रहने र यसलाई सफल बनाउन सबैलाई अनुरोध गरेकी थिइन् । साथै नेपाली समुदायले पर्यटन प्रबर्द्धनका लागि प्रस्तुत गरेको रचनात्मक सुझावको लागि धन्वाद ज्ञापन गरे ।

प्रमुख अतिथि र नेपाली समुदायसहित करिब पचास जना अतिथिहरूको उपस्थिति रहेको थियो र कार्यक्रमको समापनमा नेपाली मौलिक खानाको व्यवस्था गरिएको नेपाली दूतावास मस्कट ओमानले एक प्रेस विज्ञप्ति जारी गरि जनाएको हो ।

वि.सं.२०७६ असार २३ सोमवार १५:०६ मा प्रकाशित

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...